बेनी नगरपालिका-४, राक्सेका बालक रिकेश अधिकारीको फ्याक्चर भएको देब्रे खुट्टाको प्लास्टरले घाउ भएपछि अभिभावकले उपचारका लागि स्वास्थ्य चौकीमा लगे । बेनी अस्पताल, अञ्चल अस्पताल बागलुङमा समेत लकडाउनकै बेलामा उपचारका लागि पुगेका बालकका परिवारले चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य चौकीमा जान अनुरोध गरेपछि तातोपानीको स्वास्थ्य चौकीमा पुगेका बालकलाई स्वास्थ्यर्कीले विना चेकजाँच घर फर्काइदिए ।

स्वास्थ्य चौकीमा छोराको उपचार नपाएपछि फर्किएकी दिलमायाँले समान्य उपचारका लागि बेनी अस्पतालमा ल्याउनुपरेको थियो । ‘स्वास्थ्यकर्मीले उपचार नगरेपछि फर्किनुपर्यो,‘आफ्नै गाउँमा समान्य उपचार पाइएन’ बालकका अभिभावकको भनाई उद्धित गदैं तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

लकडाउनपछि उपचारका लागि जाने बिरामीले गुनासो गर्ने गरेको शाक्यको भनाई छ । ‘स्वास्थ्यकर्मीबाट हेल्चेक्राईको गुनासोलाई सम्बोधन गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छौ’ शाक्यले भन्नुभयो । लकडाउन पछि दुईजना बिरामीले उपचार नपाएको भन्दै फर्किएको शाक्यले बताउनुभयो ।

स्वास्थ्य चौकीमा पीपीइ, थर्मोलोगन, सर्जिकल मास्क र सेनिटाईजर रहेको अवस्थामा समान्य उपचारमा समेत लापरवाही भएको गुनासो आएको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले बताउनुभयो । ‘गुनासो आएपछि एकपटक अनुगमन समेत गरिएको छ,‘मैले बुझ्दा उपचारमा कुनै कमी नभएको स्वास्थ्यकर्मीको भनाई छ’ पौडेलले बेनीअनलाइनलाई भन्नुभयो ।

स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका पौडेलले पटक–पटक गुनासो आउनु राम्रो नभएको बताउनुभयो । कोरोनाको संकास्पद विरामीलाई उपचारमा आवश्यक सम्पूर्ण साम्रागी भएको अवस्थामा अन्य बिरामीलाई समेत फर्काइएको थप गुनासोका बारेमा तत्काल जानकारी लिने अध्यक्ष पौडेलको भनाई छ ।

लकडाउन लगत्तै बेनी नगरपालिका–२ ज्यामरुककोटका विराज बराईलीले आफुँले तत्कालै सेवा नपाएको गुनासो बेनीअनलाइनलाई गरेका थिए । हात काटेर गएका बिरामीलाई फिर्ता गरिएको गुनासो आएपछि तत्काल जनप्रतिनिधिको ध्यानार्कषण गराइएको थियो । स्वास्थ्यकर्मीले बिरामीलाई छुन नमानेपछि आफन्त अत्तालिएर फर्किएको विषयमा आवश्यक छानविन गर्न बेनी नगरपालिकालाई समेत स्थानीयले माग गरेका छन् ।

Leave a Reply