नेपाल सरकारले लकडाउनको विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ रोकथामका लागि लकडाउन गरेपछि पर्वत बेनीमा रहेको ब्यवसाय बन्द गरी रघुगंगा गाउँपालिका-२ भगवती फर्किएका बालकृष्ण खत्री केहीदिन यता निकै ब्यस्त छन् ।

निर्माण क्षेत्रमा प्रयोग हुने हेभी इक्युपमेन्टको ब्यवसायलाई लकडाउन अवधिभर बन्द गरी घर फर्किएका खत्री लकडाउनमा फर्सदिला छैनन् ।आर्थिक अवस्था कमजोर भएकै कारण घरवारविहिन भएका भगवतीको खड्कामारेका श्रीप्रसाद खत्रीको परिवारलाई घर बनाउने ब्यस्त छन् ।

आफन्तले उपलब्ध गराएको जग्गामा तीन कोठे चिटिक्कको घर बनाउने अभियानको संयोजन गरेका खत्रीले स्थानीय सरकारदेखि आफन्त, साथीभाईहरूलाई सहयोग जुटाइरहेको बताए । उनको संयोजनमा घर ठडिएको छ ।‘लकडाउनको समयमा एउटा राम्रो काम गर्ने अवसर पाएको छु,‘श्रमदान समेत गरेर घरवारविहिनको घर बनाउँदैछौ’ खत्रीले भने । लकडाउनको फुर्सदमा कुनै काम गर्ने योजना बनाइरहेको अवस्थामा एउटा मानवीय र परोपकारी कार्यमा समय दिन पाएको बताए । ‘केहीदिनमै घर ठडिन्छ,‘लकडाउनले सृजनात्माक काम गर्नेलाई असर गरेको छैन्’ उनले भने ।

श्रीप्रसादलाई घर बनाउन उनका आफन्तले जग्गा दिने, ब्लक खदिरमा समेत सघाइरहेका छन भने गाउँपालिकाले २० थान जस्तापाता सहयोग गरेको छ । घर बनाउन अझै केही आर्थिक आवश्यकता रहेको खत्रीको भनाई छ। चारजनाको परिवारलाई भान्सा कोठा सहितको घर बनाउने अभियानमा स्थानीय यूवाहरूले समेत सघाइरहेका छन्। घर बनाउन करिव चारलाख खर्च हुने अनुमान गरिएको बताउँदै अभियानमा सहयोग गर्ने सम्पूर्णलाई संयोजक खत्रीले धन्यवाद दिएका छन् ।

Leave a Reply