वैदेशिक रोजगारीका लागि मलेसिया गएर तीनबर्ष अगाडी फर्किएका मंगला गाउँपालिका-२, बावियाचौरका खिमबहादुर पुनले घर फर्किए । अर्काको देशको कठोर परिश्रम अनुसारको मुल्य नपाएपछि फर्किएका पुनले ज्यालामजदुरीमा काम गर्न थाले । विपन्न परिवारका पुनले बावियाचौर र आसपासका क्षेत्रमा विभिन्न काम गरेर समान्य खर्च जुटाइरहेका थिए ।

करिब तीनबर्ष मलेसियामा विताएर रहरले नभई बाध्यताले फर्किएका पुनले विदेशी भूमिमा गएर गर्नुपर्ने कठोर दुःख भन्दा स्वदेशमै दुःख गर्ने भन्दै फर्किएका पुनले आमाबुबा दुवैलाई गुमाए । घरमा एक दाई र दुई दिदीसँगैे बस्ने पुनले आफ्ना पौरखी हातको मेहनतलाई विश्वास गदैं पश्चिम म्याग्दीमा विस्तार भइरहेको विद्युतीकरणमा दैनिक ज्यालादारीमा काम गर्ने अवसर पाएका थिए ।

एकाविहानै देखि राती अवेरसम्म विद्युतीकरणमा ब्यस्त हुने गरेका पुनको गत बैशाख १२ गते अचानक शरीरमा करेन्ट प्रवाह भई भुईमा लडिरहेका पुनलाई तत्कालै सहकर्मीले प्राथमिक उपचार केन्द्र दरबाङमा ल्याएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंको किर्तिपूर अस्पतालमा लगियो ।

उनको दुबै हातमा बढी असर परेकाले ज्यान जोगाउन अप्रेसन गरी हात नकाटे सम्म उपचार सम्भव देखिएन् । उनीसंग भएका दुई हात सदाको लागि खोसियो । ‘काम गदैं गरेको अवस्थामा एक्कासी करेन्ट प्रवाह भएपछि अचेत भए,‘काठमाण्डौसम्म पुग्दा दुवै हात फाल्नुपर्ने भएछ’ पुनको भनाई उद्धित गदैं म्याग्दी–काठमाण्डौ मगर समाजका अध्यक्ष टंक बुढाथोकीले भने । ‘हात जोगाउन चिकित्सकले धेरै प्रयास गरे,‘अहिले आर्थिक सहयोग जुटाएर उपचार भइरहेको छ’ बुढाथोकीले बेनीअनलाइनलाई भने । उनले हातखुट्टाले कठिन समयमा काम गरेर जीवन निर्वाह गर्न सकिने अवस्थामा यूवा अवस्थामै दुवै हात गुमाएपछि उपचारमा सहयोग जुटाइरहेको बताए ।दुःख पर्दा आँखाबाट बग्ने आँशु पुछ्न हात नभएपनि पुनलाई सहयोग जुटाएर जीवन निर्वाह गर्ने बाटो बनाउनुपर्नेमा सहयोग अभियानमा जुटेका अगुवाहरूको भनाई छ ।

अविवाहित पुनको घरायसी अवस्था कमजोर भएकाले उपचारसँगै आवश्यक औषधीका लागी सहयोग आवश्यक रहेको बताए । उपचारमा घाईते पुनसँगै उनका दाजु, दिदी अस्पतालमै छन् । दुवै हात गुमेपछि भावुक भएका पुन परिवारलाई लकडाउनको समयमा समेत सहयोग लिएर अस्पतालमै पुगेकालाई धन्यवाद दिदैं भविस्यको चिन्ता गर्ने गरेको सहयोगदाताको भनाई छ ।

Leave a Reply