यो साता जंगलबाट ल्याएको विषालु च्याउ खाँदा अर्घाखाँचीमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । परिवारकै अन्य दुई जना बिरामी भई उपचाररत छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ खिल्जीका ३२ वर्षिया रामकला महतरा र उनकी छोरी ७ वर्षीया वीपासा महतराको मृत्यु भएको हो ।

विषालु च्याउ खाएर बिरामी भएका उनीहरुको बुटवलको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जंगली च्याउ विषालु पनि हुन्छन् भन्ने धेरैलाई थाह छ ।मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ ।

तै पनि मानिसहरु जंगल जान्छन्, च्याउ टिप्छन पकाएर खान्छन् । ती मध्ये केही पारखी वा भनौं खान हुने च्याउ चिन्नेहरुलाई केही हुँदैन । तर चिन्न नसक्नेहरु मृत्युको मुखमा पुग्छन् ।नेपालमा सय किशिमका च्याउ विषालु छन् । केही च्याउ त यति धेरै विषालु छन् कि शुन्य दशमलव शुन्य २ ग्राम मात्रै पेटमा पर्यो भने मान्छे केही बेरमै मर्छ । जंगलमा पाइने, रुखमा उम्रन, परालमा उम्रने, ढुंगामा उम्रने, गोबरमा उम्रने च्याउहरु पनि विषालु हुन सक्छन् । मानिसहरु आँखा चिम्लेर च्याउ खाइरहेका छन् ।

नेपालमा १२ सय किशिमका च्याउ पाइन्छन् । ती मध्ये १४५ प्रकारका च्याउ खान हुने किशिमका छन् । ७३ वटा च्याउ औषधीय महत्व बोकेका पनि छन् । औषधीय महत्व बोकेका च्याउहरुलाई प्रशोधन गरेर औषधि बनाइन्छ । नेपालमा पाइने धेरै च्याउको वैज्ञानिक परिक्षण पनि भएको छ । खेतिको भन्दा जंगलको च्याउन स्वादिष्ट हुन्छ । यहि भएर मानिसहरु जंगली च्याउमा आकर्षित हुन्छन् । वर्षौ अघि काठमाण्डुको असन, इन्द्रचौकमा जंगली च्याउ बिक्रीका लागि राखिन्थ्यो । व्यापारीहरु जंगलबाट च्याउ टिपेर ल्याउँथे । पेरुंगोमा राखेर बजार पुर्याइन्थ्यो । हामीले पनि किनेर खाएकै हो । आजकल व्यवसायिक उत्पादन हुन थाल्यो । त्यस्तो चलन हटिसक्यो ।

अहिले पनि जंगल छेउ बस्ने आदिवासीहरु जंगली च्याउ खान्छन् । उनीहरुले जंगली च्याउमध्ये कुन ठीक हो भन्ने चिन्छन् । केहीले चिन्दैनन् । जंगली च्याउ खान हुने हो वा होइन छुट्टयाउन विशेषज्ञ वा पारखी हुनु पर्छ । किनभने खान मिल्ने र नमिल्ने दूरुस्तै हुन्छ । मान्छे सजिलै झुक्किन सक्छ । केही मानिसहरु काठमा उम्रेको, परालमा उम्रेको च्याउ खान हुन्छ भन्छन् । तर काठ र परालमा उम्रेका च्याउ पनि विषालु हुन सक्छन् । कुनै ठाउँ विशेषमा उम्रेंकै भरमा खान हुने र नहुने छु्ट्टिदैन ।

नेपालमा मानिसहरु च्याउको रङ, चिप्लोपना, उम्रेको स्थान, वास्ना, चाँदीको चम्चाले चलाएर छुट्टयाउने गर्छन् । यी प्रक्रिया परम्परागत हुन् । यीनमा कुनै वैज्ञानिकता छैन् । सामान्यतः १२ वटा परम्परागत प्रयोग गरेर खान हुने नहुने च्याउ छुट्टयाउने गरिएको छ ।

कसरी चिन्ने खान योग्य र अयोग्य च्याउ ?

जंगलमा पाइनेमध्ये कुन च्याउ खान हुने र कुन नहुने ? यसमा खासै द्विविधा छैन । सामान्य हिसाबले पनि खान नहुने र हुने च्याउ पहिचान गर्न सकिन्छ ।

च्याउ अनेक प्रजातिका हुन्छन् । यसमध्येबाट पनि च्याउको प्रकृति, रंग, स्वाद र गुण हेरेर चार भागमा विभाजन गरिएको छ ।

१. खान हुने

२. तीतो

३. विषालु

४. काम नलाग्ने

हेर्दा आकर्षक लाग्ने, रंगीन च्याउ विषालु हुन्छ । हलक्क र रहरलाग्दो देखिन्छ । खान नहुने च्याउ पहिचान गर्ने सामान्य विधि भनेको यी च्याउमा हत्तपत्त किरा लाग्दैन । निचोर्दा सेतो दूध निस्कन्छ ।

खान योग्य च्याउ

गाउँघरतिर वर्षेनी जंगली च्याउ खाने गरिन्छ । आफूले विगतदेखि नै खाइरहेको च्याउ पहिचान गरेर खानु उपयुक्त हुन्छ । नचिनेको वा त्यसअघि नखाइएको च्याउ सेवन गर्नुहुँदैन ।

बुढापाकालाई त जंगली च्याउबारे धेरै ज्ञान पनि हुन्छ । उनीहरूले पहिचान गरेको र खाँदै आएको च्याउ खान सकिन्छ । यद्यपि यस किसिमको च्याउ पनि कुनैबेला विषालु बन्न सक्छ ।

कृतिम च्याउ कति खान योग्य ?

अहिले बजारमा केही थरीका च्याउ पाइन्छ, जुन कृतिम ढंगले उत्पादन गरिएको हो । यस्तो च्याउ खान वर्षायाम कुरिरहनुपर्दैन, जुनसुकै सिजनमा पनि पाइन्छ ।

तर, कृतिम ढंगले उत्पादन गर्ने यी च्याउ कति खान योग्य हुन्छ ? यसबारे भने विचार गर्नुपर्छ । किनभने कृतिम ढंगले उत्पादन गर्ने च्याउलाई उमार्न, बढाउन, किरा लाग्न नदिन र भण्डारण गर्न विभिन्न औषधि एवं रसायनको प्रयोग गरिएको हुनसक्छ । खानेकुरामा प्रयोग गरिने यस्ता हानिकारक तत्वले हाम्रो शरीरलाई सोझै असर पुर्‍याउने भय रहन्छ।

च्याउमा के पाइन्छ ?

च्याउ खानै नहुने कुरा चाहिँ होइन । यो स्वादिलो र पोषक तत्वले भरिपूर्ण हुन्छ । च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ, यसमा स्टार्च हुँदैन । त्यसैले यो खानयोग्य उत्पादनमै पर्छ ।

च्याउ के हो ?

यो एक प्रकारको वनस्पती हो । फूल नफुल्ने प्रजातिको । यो फन्जाइ वर्गमा पर्छ । च्याउ एक प्रकारको ढुसी हो ।

संसारमा तीन हजार ८ सय बढी प्रजातिको च्याउ पत्ता लागेका छन् । त्यसमध्ये एक हजार विषालु र दुई हजार खानयोग्य मानिन्छ । जबकि २ सय प्रजातिको च्याउ औषधीय गुणले भरिपूर्ण मानिन्छ ।एजेन्सी