अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

विश्वकै लामो पुल बागलुङमा, गिनिज बुकमा दर्ता तयारी

By -
On: May 5, 2020 10:47 PM
Follow Us:

शिव बोहोरा बागलुङ । विश्वकै लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने तयारी भएको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो सिंगल स्पानको पुल निर्माण सम्पन्न भएपछि गिनिज बुकमा दर्ता गराउने तयारी भएको हो ।

यो पुल विश्वकै लामो भएकाले यसलाई गिनिज बुकमा दर्ता गर्न प्रक्रिया अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । सिंगल स्पान प्रविधिमा निर्माण भएको उक्त पुल विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुल भएको प्रमाणसहित गिनिज बुकमा दर्ता प्रक्रिया अगाडि बढाउन लागेको उहाँको भनाइ रहेको छ ।

झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा ५ सय भन्दाबढी झोलुङ्गे पुल छन् । सामान्यतया ५ मिटरदेखि ५ सय ६७ मिटर लामो पुल बागलुङमा नै निर्माण भएका छन् । सिंगल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये यसअघि स्वीजरल्याण्डमा ४ सय ९४ मिटर लामो रहेको बताइएको छ ।

गिनिज बुकमा दर्ता गर्न पठाउनु पर्ने कागजात तयार गरी प्रक्रिया अगाडि बढाउने र त्यस पश्चात विश्व कै लामो पुल भनि नाम आउने जानकारी दिँदै पौडेलले पुलले बागलुङमा हरेक दिन हजारौँ आन्तरिक तथा बाह्या पर्यटक भित्र्याउन समेत महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।२०७५ सालमा सम्झौता गरी निर्माण शुरु भएको पुलको काम सम्झौता मितिभन्दा एक वर्ष अडाडि नै सम्पन्न भएको बताइएको छ । निर्मित पुलको हस्तान्तरण हुन भने बाँकी छ ।

-