किन हुन्छ टन्सिल ?

यदि वर्षमा एकपटक टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदि टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नुहुन्छ ।

नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नुन हालेर मुख कुल्ला गर्नुहोस् । यसबाट निकै लाभ हुन्छ ।

हरेक दिन मनतातो पानीमा नुन राखेर या ननअल्कोहलिक माउथवास राखेर मुख कुल्ला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुल्ला गर्दा थप फाइदा हुन्छ ।

चुक अमिलोको प्रयोग

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकाल बजारमा सहज रूपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नुहुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ तथा यी बिरामी हुनबाट जोगाउँछ ।

बेसार

मुख कुल्ला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नुभन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर मिसाएर पिउनाले पनि राहत मिल्छ ।

अत्याधिक पानी

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूस तथा अन्य पेय पर्दाथको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरूपमा त्याग्नुपर्छ ।

लसुन या ल्वाङको प्रयोग

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलवा उम्लिएको पानीमा ४–५ पोटी लसुन राखेर उमाल्ने र छानेर यसले मुख कुल्ला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

-एजेन्सीको सहयोगमा

Leave a Reply