म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा जन्मिएर काठमाडौंमा बस्दै आएका युवाले वडा कार्यालयलाई २० लिटर स्यानीटाइजर तथा ५ सय पिस सर्जिकल मास्क सहयोग गरेका छन् । काठमाडौंको कान्तिपुर मेनपावर सर्भिस प्रालिको सिईओ रबिन कँडेलले उक्त सामग्री भकिम्लीका वडा अध्यक्ष पदम पुनलाई हस्तान्तरण गरेका हुन् । भकिम्लीको डाँडाखानीमा जन्मेर काठमाडौंमा बस्दै आएका कँडेलले वैदेशिक रोजगार व्यवसायका साथै अन्य व्यवसाय पनि गर्दै आएका छन् ।

कँडेलले ट्राभल एजेन्सी, मह व्यवसाय तथा अन्य सामाजिक कार्यमा समेत संलग्न छन् ।आफू जन्मेको ठाउँका लागि थोरै भए पनि सहयोग होस् भन्ने चाहनासहित सानो सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्तो सहयोग निरन्तर रुपमा गर्ने कँडेलले जानकारी दिए । आफू जन्मेको ठाउँलाई माया गर्ने उद्देश्यले कँडेलले हस्तान्तरण गरेको सामग्रीको सही ठाउँमा सदुपयोग गर्ने वडा अध्यक्ष पुनको भनाइ छ ।

Leave a Reply