म्याग्दीमा बुधबार थप २ जनामा डेंगु सक्रमण फेला परेको छ। यो संगै बैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ७ पुगेको छ। बेनी नगरपालिका–७ मंगलाघाट बस्ने दमौली घर भएका २७ बर्षिय यूवा र मंगला गाउँपालिका–१ कुहुँका २५ बर्षिय यूवामा डेंगु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘डेंगुको उच्च जोखिममा छौ,‘यसबर्ष हामीलाई डेंगुले सताउने संकेत देखिएको छ’ डा. बस्ताकोटीले भन्नुभयो । गतहप्ता बेनपामा ३ जनामा एकैदिन देखिएको थियो । यो संगै बेनी नगरपालिकामा ४, मंगलामा २ र मालिका गाउँपालिकामा १ जनामा डेंगु देखिएको छ । बिरामी जिल्ला बाहिरबाट नआएको अवस्थामा ग्रामिण क्षेत्रमै संक्रमित भेटिनुले समयमै सचेत बन्नुपर्ने डा. बस्ताकोटीको भनाई छ ।

दुवैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। बिरामीमा मनोविज्ञान असर पर्ने भएकाले स्वस्थ्यकर्मीले संक्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।म्याग्दीमा ल्याव परीक्षणमा डेंगु पोजेटिभ देखिएपछि स्थानीय तहले सचेतनामुलक कार्यक्रम सुरु गरेका छन् । बेनी नगरपालिकाले टोलटोलमा अभियान समेत सञ्चालन सुरु गरेको मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

डेंगुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडाहरुमा सचेतनामुलक कार्यक्रमसँगै डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ । गतबर्ष म्याग्दीमा १२ जनामा डेंगु र १ जजामा स्क्रब टाइफसका देखिएको थियो। डेंगु ज्वरो एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो ।डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

 

Leave a Reply