म्याग्दीका बौद्ध धर्मावलम्वीहरू बुद्ध जयन्ती यस वर्षको बुद्धजयन्ती घरमै प्रार्थना र पूजापाठ गरी मनाएका छन् । कोरोना भाइरस संक्रमणका कारण म्याग्दी बौद्ध संघले भगवान गौतम बुद्धको २६४४ औं बुद्धजयन्ति तथा लुम्बीनी दिवस–२०७७ मनाउने प्रभातफेरी, शोभा यात्रा लगायतका नियमित कार्यक्रमहरू स्थगित गरी घरघरमै विशेष स्मरण गरी बुद्ध पुजा ज्ञानमाला भजन गरी मनाइएको संघका सचिव याम शाक्यले बताउनुभयो ।

‘कोरोनाको त्रासदीका कारण सबै औपचारिक कार्यक्रम रोकिएको छ,‘साझँ दीप प्रज्वलन गरेर दीपावली गरिने मनाउँछौ’ शाक्यले भन्नुभयो। विगतमा बुद्ध जयन्तीको दिन बेनी नगरपालिका–७ मा अवस्थित बुद्ध विहारमा भीड लाग्ने गरेको थियो । शान्तिको कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाउन विभिन्न माध्यमबाट जानकारी समेत गराएको यूवा बौद्ध संघ म्याग्दीमा अध्यक्ष सचिन शाक्यले बताउनुभयो ।

विगतमा यूवा बौद्ध संघको अगु्वाईमा समेत ३ दिनसम्म अस्पतालका बिरामीलाई फलफुल वितरण र माविस्तरीय बौद्ध हाँजिरीजवाफ रनिङ शिल्ड प्रतियोगिता समेत हुने गरेको थियो । २०५३ सालमा म्याग्दीमा बौद्ध संघ गठन गरी संघमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिँदै आएको थियो।

इशापूर्व ६ सय २३ मा आजभन्दा २६३८ वर्ष पहिले नेपालको लुम्बीनी अञ्चलको कपिलबस्तु जिल्ला अन्तर्गत तौलिहवामा जन्मिएका गौतम बुद्धलाई सत्य, त्यागी र अहिंसावादी तथा महामानव एवं एसियाका ताराका रुपमा चिनिन्छ ।

बुद्धले बताएको पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन्। हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन्।

Leave a Reply