जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज बिहिबार साँझ घरघरमा दिप प्रज्जलन गर्न अपिल जारी गरेको छ। बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गदै साँझ ७ बजे घरघरमा दिप प्रज्जलन गर्न आग्रह सहित सन्देश जारी गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीको हस्ताक्षरमा अपिल जारी गरिएको हो । कोरोनाको महामारीका कारण मानिसहरु भेला हुन र विशेष कार्यक्रम गर्न सम्भवन नभएकाले दिप प्रज्जवलन गरी बुद्ध जयन्ती र कोरोना भाइरससँग लड्न ज्यानको जोखिम मोलेर खटिएकाको सम्मान तथा विश्वभर कोरोनाको कारणले मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply