विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न नेपाल सरकारले पनि देशैभरी लागुहुने गरी लकडाउन (बन्दाबन्दी) गरेको डेढ महिनाको अवधिमा म्याग्दीको एउटै गाउँमा ६ जना भूकम्प पीडितले घर निर्माण गरेका छन् ।२०७२ सालको महाभूकम्पबाट प्रभावित बेनी नगरपालिका २ बगरफाँटका ६ जना व्यक्तिहरुले लकडाउनको समयको सदुपयोग गरी नीजि आवास (घर) निर्माण गरेका हुन् । लकडाउन (बन्दाबन्दी)को समयको सदुपयोग गरी बेनी नगरपालिका २ बगरफाँटका नरबहादुर कार्की,गोविन्दप्रसाद शर्मा,भीमबहादुर कार्की, धनवहादुर कार्की,धु्रबप्रसाद शर्मा र बेदप्रसाद उपाध्यायले जिल्ला आयोजना कार्यान्वय इकाइ पुन निर्माण प्राधिकरणको मापदण्ड अनुसारका घर निर्माण गरेका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाई,पुननिर्माण प्राधिकरण म्याग्दीका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार म्याग्दी जिल्लामा पछिल्लो समय भूकम्प प्रभावितहरुले निजी आवास निर्माणको कामले तिब्रता पाएको छ ।२०७२ सालको महाभूकम्पबाट प्रभावितहरु मध्ये म्याग्दीमा २०७२ सालको सर्वेक्षणबाट ८८४ जना र छुट तथा पुन सर्बेक्षणबाट १८० जना गरी १ हजार ६४ जना लाभग्राहीहरु रहेका जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीमा आयोजना प्रमुख रिजालले बताए ।

आयोजना प्रमुख रिजालका अनुसार ती लाभग्राहीहरुमध्ये पुराना (२०७२ सालको सर्वेक्षणबाट ) ८८४ लाभग्राही मध्ये हालसम्म ५ सय १५ जना लाभग्राहीहरुले घर निर्माण गरेर तेस्रो किस्ता रकम बुझिसकेका छन् । त्यसैगरी ५८४ जनाले दोस्रो र ८०१ जनाले पहिलो किस्ता लिएका छन् ।छुट तथा पुन सर्वेक्षणबाट १८० जना भूकम्प पीडितहरुमध्ये हालसम्म १४० जनाको सम्झौता भएर आएको र उनीहरुको आवास निर्माणको प्रक्रिया लकडाउन खुलेपछि शुरु हुने आयोजना प्रमुख रिजालले बताए । रिजालका अनुसार म्याग्दीमा हालसम्म निजी आवस पुननिर्माणको ६४ प्रतिशत प्रगति भएको छ ।

Leave a Reply