बेनी नगरपालिका-६,छापमा डेंगु पेजेटिभ देखिएपछि डेंगुबाट जोगिन स्थानीय यूवा क्लवले शनिबार लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरू भएको छ। डेंगु रोग सार्ने एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट गाउँमा एक महिला र एक पुरुष संक्रमित भएपछि वडा कार्यालयसँग समन्वय गरी अभियान सञ्चालन गरिएको छापा यूवा क्लवका सल्लाहकार भुपेन बानियाँले बेनीअनलाइनलाई बताउनुभयो । संक्रमितको घर आसपासका साथै वरपरको स्थानमा लामखुट्टे खोज्ने र नष्ट गर्ने, टोल भित्रका सार्वजनिक स्थानहरुको सरसफाई गर्न सक्रिय भएको क्लवले जनाएको छ ।  वडा कार्यालयले सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरी खुला ठाउँमा फालिएका टायर, फोहोर, पानीका खाली बोतल, खाल्डाखुल्डी, ओसिलो ठाउँमा लामखुट्टेको प्रजननका निम्ति अनुकूल भएकाले उक्त क्षेत्रमा पहिलो प्राथमिकता दिएको वडा अध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो । उहाँले समुदायसँग सहकार्य गरी वडालाई डेगुमुक्त बनाउन  हरेक बस्तीमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिने बताउँदै सचेतनामुलक अभियानमा साथ दिन समुदायलाई समेत अपिल गर्नुभएको छ ।  

डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने लगायतका सर्तकत आवश्यकता रहेको जनाइएको छ ।

Leave a Reply