गतबर्ष १२ जनामा डेंगु देखिएको म्याग्दी जिल्लामा यसबर्ष बैशाख महिनामै ९ जना डेंगु पोजेटिभ भेटिएका छन् । बेनी नगरपालिकाभित्र ६ जनामा डेंगु देखिएपछि नगरपालिकाको अगुवाईमा डेंगु रोग नियन्त्रण गर्न लामखुट्टेका बासस्थान ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको छ ।

सदरमुकाम बेनीबजार देखि ग्रामिण क्षेत्रमा धमाधम डेंगु संक्रमित भेटिन थालेपछि म्याग्दी डेंगुको उच्च जोखिममा परेको छ। म्याग्दीका गतबर्ष रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा समेत डेंगु संक्रमित भेटिएपछि जिल्लाको चौरैतिर डेंगु संक्रमणको जोखिम रहेको छ ।विगतमा तराईका जिल्लामा देखिने डेंगु पहाडी तथा हिमाली जिल्लामा समेत उक्लिएपछि जनस्वास्थ्यको दृष्टिकोणले जोखिम मानिएको छ ।

लामखुट्टे समान्यतया करिब एक किलोमिटर सम्म यात्रा गर्न सक्ने भएकाले एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले एकजनालाई टोकेपछि अर्कोलाई समेत सजिलै टोक्न सक्ने भएकाले संक्रमण देखिएको स्थानमा उच्च सतर्कता अपनाउँदै सरसफाई सहित जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । गतबर्षदेखि जिल्लामा देखिन थालेको संक्रमणबाट सर्वसाधारण त्रसित भएपनि एडिस एजिप्टाई जातको पोथी लामखुट्टे कस्तो हुन्छ भन्ने बारेमा समान्य जानकारी समेत नहुदाँ त्रसित भइरहेका छन् । स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालका अनुसार नागरिकले सहजै डेंगु सार्ने लामखुट्टे पहिचान गर्न नसक्ने बताए । उनले संक्रमित लामखुट्टेले टोकेको ४ देखी १० दिनमा रोगको लक्ष्ण देखिन्छ, तर यो अबधि ३ दिनदेखी शुरुभै १४ दिनसम्म पनि रहेको पाइएको छ। लामखुट्टेले संक्रमति व्यक्तिको रगत चुसेको ८ देखी १२ दिन पछि अरुलाई रोग सार्ने (संक्रामक) हुन्छ ।

यो लामखुट्टे कालो र सेतो रंगको छिर्केमिर्के हुन्छ । यसको शरीरमा बाघको जस्तो कालो, खैरा र सेतो रंगको धर्साहरु हुने भएकोले यसलाई अग्रेजीमा Tiger Mosquito पनि भनिन्छ । वयस्क लामखुट्टेको आयु करिब एक महिनाको हुन्छ । लामखुट्टेले उज्यालोमा र दिउँसो बढी टोक्ने हुनाले रगत चुस्नका लागि बाधा पुग्ने हुँदा पूरा रगत खान धेरै जनालाई टोक्ने गर्छ। वयस्क लामखुट्टेले आफ्नो जीवनकालमा हरेक ३–३ दिनमा ७ देखि ९ पटक गरी एकपटकमा एक सयदेखि डेढ सयसम्म फुल पार्छ ।

संक्रमित लामखुट्टेले पार्ने फुलबाट उत्पन्न सबै लामखुट्टे संक्रमित अर्थात् डेंगु रोग सार्ने क्षमताका हुन्छन्। यो लामखुट्टै करिब एक सम्म जान सक्ने अनुमान गरिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीको बताए । उडाइमा हावाको बहावले साथ दिए लामखुट्टे डेढ किलोमिटर सम्म पुग्ने भएकाले एउटा बस्तीमा संक्रमित देखिएमा त्यस क्षेत्र उच्च जोखिममा पर्न सक्ने डा. बस्ताकोटीको भनाई छ । लामखुट्टे बाट जोगिन आवश्यक उपायहरुको पहिचान गरिएमा डेंगु संक्रमणबाट बच्न सकिने डा. बस्ताकोटीको भनाई छ।

Leave a Reply