विश्व रेडक्रस दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रमसहित विश्व रेडक्रस दिवस मनाइएको छ । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १ सय ९२औं जन्म दिवसको अवसर पारी मे ८ तारिखका दिन रेडक्रस जिल्ला शाखा र उपशाखाले विविध कार्यक्रमसहित दिवस मनाएका हुन् ।विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले ज्येष्ठ रेडक्रसकर्मीलाई सम्मान तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको जनाएको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्था रेडक्रसमा आबद्ध भई लामो समयदेखि सक्रिय रहेर योगदान पु¥याएको भन्दै विशिष्ट सदस्यहरुमध्ये भीरमुनीका सूर्यप्रकाश बानियाँलाई ज्येष्ठ रेडक्रसकर्मीका रुपमा सम्मान गरिएको हो ।यसैगरी यशस्कर सदस्यहरुतर्फ भीरमुनीकै ज्येष्ठ रेडक्रसकर्मी यामबहादुर बानियाँ र आजीवन सदस्यमध्ये पुलाचौरका ज्येष्ठ रेडक्रसकर्मी यादवप्रसाद पौडेललाई सम्मान गरिएको उपशाखाले जानकारी दिएको छ । सम्मानित तीनैजना व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेर सम्मान गरिएको थियो । उनीहरुलाई छुट्टाछुट्टै दुई स्थानमा आयोजित कार्यक्रममा सम्मान गर्दै रेडक्रस म्याग्दी जिल्ला शाखा सभापति लेखबहादुर हमालले विपद्को समयमा रेडक्रस अग्रस्थानमा रहेर काम गर्दै आइरहेको बताए ।त्यस्तै भीरमुनीमा आयोजित कार्यक्रममा सम्मान गर्दै रेडक्रस म्याग्दीका उपसभापति अमर बानियाँले संसारका १५ लाखभन्दा बढी मानिसहरु रेडक्रसमा आबद्ध रहेको जानकारी दिए । उनले रेडक्रसले सधैं मानवीय क्षेत्रमा काम गर्दै आइरहेको बताउँदै समुदायमा रेडक्रसले खेलेको भूमिका र पु¥याएको योगदान महत्वपूर्ण रहेकोमा जोड दिएका छन् ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले सामाजिक क्षेत्रमा रेडक्रसले आफ्ना गतिविधिहरुलाई सक्रिय बनाएको बताउँदै आगामी दिनमा पनि रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

उक्त कार्यक्रमको अवसरमा रेडक्रस उपशाखाको पूर्व सभापति समेत रहेका जिल्ला उपसभापति अमर बानियाँले आठहजार आठसय ८८, उपशाखाका सल्लाहकार मिनबहादुर बानियाँले सातहजार सातसय ७७, सम्मानित व्यक्तित्वद्वय यामबहादुर बानियाँले छ हजार छसय ६६ र यादवप्रसाद पौडेलले पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

यस्तै बेनपा–५, डडुवाका यामबहादुर केसीले रेडक्रसलाई २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।रेडक्रस उपशाखा सभापति शिव बानियाँको अध्यक्षता, उपसभापति मिना शाहीको स्वागत र सचिव रेशम बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार मिनबहादुर बानियाँ, सम्मानितद्वय याम बानियाँ र यादव पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रममा म्याग्दी जिल्लामा ६० पटकसम्म रक्तदान गरेका रेडक्रस म्याग्दीका उपमन्त्री सुरत केसीको विशेष उपस्थिति रहेको थियो ।

त्यस्तै उपशाखाले विपन्न परिवारतर्फ बेनपा–५, भीरमुनीका नरबहादुर खत्री, खड्गबहादुर खत्री, खोरगैराका दुर्गाबहादुर नेपाली, डडुवाका यज्ञबहादुर कार्की, पुलाचौरकी भुम्ला नेपाली, पुरुण्डीका सुकमाया नेपाली र कालिका नेपाली, पौलस्त्य आश्रममा बस्ने हिरामती सुवेदी र कपिलेश्वर आश्रमकी दलिकला सुवेदीलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको छ । उक्त अवसरमा बेनीको हाँडेभीरका कुलदिप जुग्जालीले नरबहादुर खत्रीको मुटु रोगबाट ग्रसित श्रीमतीका लागि ६५ केजीको अक्सिजनसहितको सिलिण्डर सहयोग गरेका थिए ।

Leave a Reply