कोरोना भाइरस (कोभिड – १९) को संक्रमण फैलिन नदिन म्याग्दीमा रचनात्मक काम गरिरहेको नेपाल युवा परिषद् म्याग्दीले भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा कुटनितिक पहल गर्न आग्रह सहित अनुरोध गरेको छ ।

भारतको यस्तो कदमले  दुःखित तुल्याएको भन्दै यूवाहरूले सिमा विषयमा यथाशिध्र कुटनिति पहल सुरु गर्न अनुरोध गरिएको परिषद् म्याग्दी शाखाका अध्यक्ष छवि आचार्यले बताए ।

कारोनाको त्रासका बिच भारतीयले एकपक्षीय रुपमा नेपाली जमिनको प्रयोग गरी तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोड विस्तार गरेकोमा विरोध गरिएको बताए ।

यूवाहरुले लकडाउनको समयमा रचनात्मक कार्य गरेको समेत उनले बताए । म्याग्दीका विभिन्न स्थानमा रहेका परिषद्मा आवद्ध यूवाले सामाजिक सञ्जालमार्फत ध्यानर्कषण गराएका हुन् ।

दवावमुलक कार्यक्रम सडकबाट मात्रै नहुने भन्दै फरक शैलीबाट सरकारलाई तत्काल भारतीय कदमको विरोध गर्न समेत यूवाहरुले माग गरेका छन् । म्याग्दीमा सामाजिक तथा मानविय सेवा सहित रचनात्मक कार्यमा परिषद्ले जिल्लाका विभिन्न स्थानमा समेत सदस्यहरुलाई परिचालन गरेको छ । कोरोना भाइरस बिरुद्धको अभियानमा परिषद्को गतिविधि उत्कृष्ट रहेको छ।

Leave a Reply