म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा शनिबार भिषण असिनापानीले अन्नबालीमा क्षति पुर्याएको छ । पाक्न लागेको र पाकिसकेको अन्नबाली खेतबारीमै सखाप पारेको स्थानीय कोमल थापाले बताउनुभयो। ‘हरेकबर्ष हाम्रो मेहनतमा अनिसापानी खनिने गरेको छ,‘यसबर्ष पनि ठूलो क्षती पुर्याएको छ’ थापाले बेनीअनलाइनलाई भन्नुभयो । असिना पर्दा खेतबारी सेताम्य भएको छ ।उहाँका अनुसार मकै, आलु लगायत स्थानीयस्तरमा उत्पादन हुने सबै अन्नबाली असिनापानीले क्षती पुगेकाले स्थानीय सरकारमार्फत राहतको ब्यवस्था गर्नुपर्ने अवस्था आएको छ । बरंजाको बिस्मोर, लुहुचा, काकलाक, रोहते, खानीगाउँ लगायतका बस्तीहरुमा असिनापानीले क्षती पुगेको सञ्चारकर्मी दर्पण रोका मगरले बताउनुभयो ।लकडाउनको समयमा दैनिकजसो अनिसापानीले असर गर्न थालेपछि जिल्लाका ग्रामिण क्षेत्रमा यसबर्ष खाद्यान्नको अभाव हुने जोखिमलाई मध्यनजर गरी आवश्यक राहत वितरण गर्नुपर्ने किसानले माग गरेका छन् । जिल्लाका सबैजसो स्थानीय तहमा असिनापानीले अन्नबालीमा क्षती पुगेको छ। असिनाले सबै अन्नबाली सखाप पारेको अन्नबाली सँगै लाखौं रुपैयाँका तरकारीमा पनि क्षति पुर्याएको छ ।

Leave a Reply