छिमेकी वडाहरूमा डेंगु संक्रमित भेटिएपछि बेनी नगरपालिका-४ सिंगाका युवाहरुले लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरू गरेका छन् । डेंगु रोग सार्ने एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने भएकाले वडा कार्यालयसँग समन्वय गरी अभियान सञ्चालन गरिएको डाँडाखेतका युवा सिजन शाहीले जानकारी दिनुभयो।

उहाँका अनुसार कुमार शाही, वडा अध्यक्ष लगाए अन्य युवायुवतीहरुको टोलीले गाउँ वरपरको स्थानमा लामखुट्टे खोज्ने र नष्ट गर्ने, टोल भित्रका सार्वजनिक स्थानहरुको सरसफाई संगै लामखुट्टे बस्ने बासस्थानमा निटनाशक औषधि समेत छेर्किएको छ ।

आज साविक सिंगाको वडा न ८ र ९ मा सरसफाइ गरिएको हो ।वडा कार्यालयले सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरी खुला ठाउँमा फालिएका टायर, फोहोर, पानीका खाली बोतल, खाल्डाखुल्डी, ओसिलो ठाउँमा लामखुट्टेको प्रजननका निम्ति अनुकूल भएकाले उक्त क्षेत्रमा पहिलो प्राथमिकता दिएको वडा अध्यक्ष गोविन्द पौडेलले जानकारी दिनुभयो ।

डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने लगायतका सर्तकत आवश्यकता रहेको जनाइएको छ। हाल सम्म म्याग्दीमा ९ जनामा डेंगु पोजेटिभ देखीएको छ।

Leave a Reply