बेनी नगरपालिका–१ रत्नेचौर सिममा ढुंगा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । शनिबार राती १० बजे घरमा २९ बर्षिय कुमार थापामगरले आफ्नै बुबा ५१ बर्षिय मीनबहादुर थापालाई टाउकोमा ढुंगा प्रहार गरेका हुन् ।

लगातार विवाद गरेका अभियुक्त कुमारले प्रहार गरेको ढुंगाले अचेत भएका मीनबहादुरको बेनी अस्पतालबाट रिफर गरी पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो ।

File photo

‘अभियु्क्तलाई नियन्त्रणमा लिइएको छ,‘थप अनुसन्धान भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो । अभियुक्त कुमारले पटकपटक बुबालाई आफ्नो इच्छा अनुसार काम नगरेको भन्दै आक्रमण गर्ने गरेका थिए ।

घटनाको बारेमा जानकारी पाएलगत्तै वडा अध्यक्ष टेकबहादुर रावल लगायतको उपस्थितीमा प्रहरीले मुचुल्का बनाई फर्किएको छ । घटनास्थलमै अभियुक्त कुमारले आफुँले ढुंगा प्रहार गरेको स्वीकार समेत गरेका छन् ।

Leave a Reply