कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन एक प्रवासी म्याग्देलीले मंगला गाउँपालिका–१, कुहुँ स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण सहयोग गरेका छन् । कुहुँ घर भएका मोना हङकङका कोषाध्यक्ष नारायण पुनको सहयोगमा खरिद गरिएको २ वटा थर्मल गन वडा अध्यक्ष डेकबहादुर राम्जाली, स्वास्थ्य चौकी इन्चार्ज मायाँ अधिकारी, स्थानीय यूवा एकजित रोका लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको हो ।

विगतमा समेत निरन्तर स्वास्थ्य, शिक्षा लगायत सामाजिक कार्यमा सहयोग गदैं आएका पुनको सहयोगले ज्वरोका बिरामी चेकजाँचमा सहज हुने स्वास्थ्य चौकीका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राम्जालीले बताउनुभयो । सोही अवसरमा वडा अध्यक्षले १२ हजार बराबरको एक थान दराज सहयोग गर्नुभएको थियो ।

Leave a Reply