बेनी अस्पतालले मंगलबारदेखि बहिरङ्ग (ओपीडी) सेवा नियमित सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी ओपीडी सेवा बन्द गरी फिबर क्लिनिक सञ्चालन गरिरहेको अस्पतालले पुनः सुचारु गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत अधिकारीले बेनीअनलाइनलाई बताउनुभयो ।

अस्पतालमा रहेको आइसोलेसन वार्ड समेत खाली गरिएकाले सेवा प्रवाह सहज हुने प्रमुख डा. अधिकारीको भनाई छ । गएको चैत्र महिनाको ११ गतेदेखि ओपीडि सेवा बन्द भएपनि २४ घण्टा इमरेजन्सी सेवा सञ्चालन गरिएको थियो ।
ओपिडीमा आएका बिरामीलाई इमरजेन्सीबाट सेवा दिने गरिएको थियो । अस्पतालमा रहेको ज्वरो र रुघाखोकीका बिरामीलाई बर्गिकरण गरी सञ्चालन गरिएको फिबर क्लिनिकका सेवा समेत नियमित रहने छ ।

क्लिनिकामा तापक्रम जाँच, छातीको जाँच, रुघाखोकी, निमोनिया लगायत कोरोना भाइरसको सम्भावित जोखिमहरुको उपचार हुने क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताउनुभयो । लकडाउन सुरु भएदेखि नै आकस्मिक बाहेकका ओपीडीसेवाहरु बन्द हुदाँ बिरामीले ग्रामिण क्षेत्रकै स्वास्थ्य चौकी र निजी क्लिनिकमा सेवा लिने गरेका थिए । बेनी अस्पतालको ओपिडी सेवामा विरामीको अत्याधिक चाप हुने गरेको छ।

Leave a Reply