एक युवाको स्वाब परीक्षणका लागि पोखरा पठाइयो

बेनी नगरपालिकाका एक युवाको स्वाब पिसिआर जाँचका लागि संकलन गरी सोमबार साँझ पोखरा पठाइएको छ । जिल्ला बाहिरबाट नआएका यूवाको स्बाब प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरातर्फ पठाइएको बेनी अस्पतालले जनाएको छ ।

अन्दाजी २७ बर्षका यूवाको लक्षण कोरोनासँग मिल्ने भएपनि उनको ट्राभल हिस्ट्री जिल्ला बाहिर गएको नदेखिएकाले त्रसित हुनपर्ने अवस्था नभएको चिकित्सकले बताएका छन् । मंगलबार बेलुकीसम्म नमुनाको रिर्पोट आउने छ । म्याग्दीबाट यसअगाडी पठाइएका सबै नमुनाको नेगेटिभ रिपोर्ट आएको थियो। आरडिटी रिर्पोट पोजेटिभ नआएकालाई  पनि पिसिआर जाँच गर्ने गरिन्छ।

Previous articleबिश्वकै दोस्रो अग्लो बञ्जीमा नेपालकै अग्लो लठ्ठे पिङ्ग पनि
Next articleकरेन्टले दुवै हात गुमाएकी बालिकाको उपचारमा झन्डै ८ लाख संकलन