बेनी नगरपालिकाका एक युवाको स्वाब पिसिआर जाँचका लागि संकलन गरी सोमबार साँझ पोखरा पठाइएको छ । जिल्ला बाहिरबाट नआएका यूवाको स्बाब प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरातर्फ पठाइएको बेनी अस्पतालले जनाएको छ ।

अन्दाजी २७ बर्षका यूवाको लक्षण कोरोनासँग मिल्ने भएपनि उनको ट्राभल हिस्ट्री जिल्ला बाहिर गएको नदेखिएकाले त्रसित हुनपर्ने अवस्था नभएको चिकित्सकले बताएका छन् । मंगलबार बेलुकीसम्म नमुनाको रिर्पोट आउने छ । म्याग्दीबाट यसअगाडी पठाइएका सबै नमुनाको नेगेटिभ रिपोर्ट आएको थियो। आरडिटी रिर्पोट पोजेटिभ नआएकालाई  पनि पिसिआर जाँच गर्ने गरिन्छ।

Leave a Reply