अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

लिपुलेक अतिक्रमण गरेको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइयो

On: May 12, 2020 1:24 PM
Follow Us:
---Advertisement---

भारतले लिपुलेक अतिक्रमण गरेको विरोधमा नेपाल विद्यार्थी संघ म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। बिरोधको आन्दोलनको पहिलो चरणमा सहायक प्रजिअ महेश सुबेदीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाइएको नेविसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रीले बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रमको सञ्चालन सचिव विशाल खत्रीले गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ सुबेदीले सम्बन्धित निकायमा पठाउने बताए । भारत सरकारले तिब्वतको मानसरोबर पुग्न नेपाली भूमिमा सडक विस्तार गरेपछि विरोधमा चरणबद्ध आन्दोलन गर्ने नेविसंघले जनाएको छ । भारतले यसअघि लिपुलेकसहितको नेपाली भूमि समेटेर नक्सा बनाएको र हाल उक्त क्षेत्रमा सडक बनाउँदै उद्घाटन गरेपछि त्यसविरुद्ध व्यापक विरोध भइरहेको छ ।

जेनिशा पुरी

जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन