दिनेशजंग कटुवाल /विगत लामो समयदेखि छिमेकी रास्ट्र भारतले नेपाली भु-भाग अतिक्रमण गर्दैन आएको खबर घाम जस्तै छर्लङ्ग छ । नेपाल भारतको सम्बन्ध सयौं बर्ष देखि रहिआएको हो । एक बिशाल रास्ट्र त्यसमाथि शक्तिशाली भएर सानो र कमजोर सार्बभौमसत्ता भएको छिमेकी रास्ट्र माथी हेपाहा प्रवृत्ति देखाउदै नेपाली भु–भाग अतिक्रमण गर्नु कमजोर भनेर हेप्नु हो ।

पछिल्लो समयमा भारतले नेपाल प्रति दिनप्रतिदिन नेपाली भु(भाग अतिक्रमण गर्दै एक प्रकारको दादागिरी देखाइरहेको छ । जब जब मुलुकमा संकट आइलाग्छ तब तब हाम्रो राष्ट्रियता , स्वाधीनता र साम्प्रभुता माथी खेलवाड गर्दै आएको कुरा विभिन्न घटनाक्रम ले देखाउछ । २०७२ सालको विनाशकारी भुकम्पले छेदविच्छेद हुँदै मुलुक रोइरहेको बेलामा अमानवीय तरिकाले अघोषित नाकाबन्दी लगाउनु, त्यस्तै २०७६ सालमा ३७२ बर्ग्किलोमिटर नेपाली भुभाग भारतले आफ्नो नक्सामा समेटेर नयाँ नक्सा सार्वजनिक गर्नु र आज आएर ८० किलोमिटर नेपालको भु(भागमा सडक निर्माण गर्दै भिडियो कन्फेसन बाट उद्घाटन गर्नु । यसरी नेपाल रास्ट्रप्रति खुल्लेआम चुनौती दिदै सिमाना अधिक्रमण गर्ने कुरालाई लाचार भएर सहन सकिदैन ।

जबकि सुगौली सन्धिको आधारमा नेपालको पश्चिमी सिमा महाकाली नदिको मुहान लिम्पियाधिरा देखी वारिको भनेर उल्लेख गरिएको छ । विगतमा पनि सिमा विवाद हुँदा भारत आफैले यो बिबादास्पद सिमा हो भन्दै आइरहेको थियो । तर आज आएर बिबादास्पद सिमानामा एकलौटी तवरले कसरी सडक निर्माण गर्दै सडकको उद्घाटन गर्यो। अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार कुनैपनी बिबादास्पद भु–भागको छिनोफानो नभइ कसैले पनि एकलौटी ढंगले भोगचलन गर्न पाउदैन। भारत आफैले बिबादास्पद भनेर भनेको भुमिमा यसरी सडक निर्माण गर्नु भनेको अन्तरास्ट्रिय अभ्यास परिपाटीको उलंघन गर्नु हो । सुगौली सन्धिको धारा ५ ले नेपालको सिमाना कालिनदीको मुहान लिम्पियाधिरा नै नेपालको सिमा हो भन्छ ।

तत्कालीन समयमा जंगबहादुर राणाले नेपाली कागजमा नेपालको हातले बनाएको हाते नक्सा बेलायतको म्युजियममा रहेको कुरा विभिन्न पुस्तकमा उल्लेखित छ । भारतलाई वृटिसले उपनिवेश बनाउदा वृटिस द्वारा सन् १८२७ मा सर्वे अफ ईन्डिया भनेर नक्सा प्रकासित गरेको अभिलेख बेलायतको म्युजियममा रहेको पाइन्छ ।

र अमेरिकाको वासिङ्टन डिसिमा अवस्थी बिश्वको ठूलो पुस्तकालय लाइभेरी अफ कंग्रेस पुस्तकालयमा जियोग्राफिएन म्यापमा नेपालको पश्चिम सिमा कालापानीको मुहान लिम्पियाधिरा भनेर तोकिएको प्रमाण रहेछ । यी भए तत्कालीन समयमा भारतको नेपाल प्रति ब्यवहार र नेपालको पश्चिम् सिमा कालापानी , लिम्पियाधिरा र लिपुलेख नेपालको हो भन्ने तथ्य र प्रमाणका सम्बन्ध अन्तरक्रिया ।एकतर्फ नेपाली भु–भाग अतिक्रम अर्को तर्फ कोरोना भाइरसको फैलिदो संक्रमण । जटिल परिस्थिति छ । एकतिर नेपाली माटो छ अर्को तिर नेपाली जनता । सरकारले नेपाली माटोको र नेपाली जनताको रक्षा गर्नुपर्ने जिम्मेवारी छ । यो समयमा चुनौती र अवसर दुबै छन् ।

यो परिस्थितिलाई सहि तरिकाले सदुपयोग गर्न सके मुलुक पनि बच्नेछ र प्रधानमन्त्री केपि शर्मा ओलिको रास्ट्रवाद पनि देखिनेछ । प्रधानमन्त्री केपि शर्मा ओलि भारतीय अघोषित नाकाबन्दी विरुद्ध एक प्रकारको अडानले जसरी भारत विरुद्ध खडा भइ भारतलाई घुडा टेकाएका थिए । त्यसपछि उनी आम नेपाली नागरिकको आशाको केन्द्र र रास्ट्रवादी मानिए ।

अहिले समयमा जति लोकप्रिय बने वर्तमान समयमा त्यति नै आलोचित भए । अझै भनौ महाकाली जस्तो रास्ट्रघाती सन्धि गर्ने मुख्य पात्र नै केपी शर्मा ओलि हुन् भनेर आरोप लगाइन्छ । महाकाली जस्तो रास्ट्रघाती सन्धि गर्ने नेताले महाकाली बचाउन सक्लान् त ?! यो आम नागरिकको प्रश्न हो ।

हिजो आम नागरिकले लिम्पियाधिरा लिपुलेक सहित नेपालको नयाँ नक्सा सार्वजनिक गर सरकार भनेर दबाब दिदै गर्दा प्रधानमन्त्री केपि शर्मा ओलिले नक्सा मात्रै होइन नेपाली नेपाली भु–भाग नै फिर्ता हुन्छ भनेर आफुलाइ रास्ट्रवादी देखाउदै भाषण गरे । ओलीले फिर्ता ल्याउन सक्लान् त अतिक्रमण गरेको भु–भाग ?! प्रधानमन्त्री केपि ओलिको यो अग्नि परिक्षा हो । उनी लुते छन् कि साहसी छ त्यो देखाउने समय हो । हिजो भएका गरिएका रास्ट्रघाती काम र सरकारले भोग्नुपरेको आलोचनाको सहि उत्तर हो ।

भारतले हिजो नेपाली भु–भाग आफ्नो नक्सा भित्र पारेर नयाँ नक्सा सार्वजनिक गर्दा आम नागरिकले जनस्तरबाट कडा बिरोध जनाउँदै गर्दा सरकारले जसरी नाटकीय रूपमा आम नागरिकलाई झुक्यायो । अहिले गरिएको भनिएको कुटनैतिक पहल जनतालाई झुक्याउन रचिएको जस्तो नहोस् । सरकारमा कति बर्ष बस्न सकिन्छ ?! सत्ता र पद क्षणिक हुन् ।

इतिहास रच्ने अवसर छ प्रधानमन्त्री केपि शर्मा ओलीलाई । इतिहासको पान्नामा युगौं युग सम्म जिवित हुने अवसर हो यो । रास्ट्रघातीको आरोपबाट रास्ट्रवादी हुने अवसर हो यो । प्रधानमन्त्री ज्यू खुट्टा नकमाइकन उभिन्नुहोस् आम जनताको पुर्ण साथ हुनेछ नेपालले दुई तिहाइ सरकारको र नेपाल कम्युनिस्ट पार्टीको अग्नी परीक्षा यो नै हुनेछ ।
लेखक बेनी नगरपालिका–७ मंगलाघाट घर भई हाल दक्षिण कोरियामा छन् ।

Leave a Reply