बेनी नगरपालिकाका एक युवाको पिसिआर जाँचका लागि पोखरा पठाइएको स्वाब रिर्पोट नेगेटिभ आएको छ । प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा पठाइएको रिर्पोट नेगेटिभ आएको बेनी अस्पतालले जनाएको छ । अन्दाजी २७ बर्षका यूवाको लक्षण कोरोनासँग मिल्ने भएपनि उनको रिर्पोट नेगेटिभ आएसँगै घर पठाइएको छ ।

यूवा जिल्ला बाहिर नगएको र बाहिरी तथा विदेशबाट समेत आएकाहरुसँग सम्पर्क नभएकाले कुनै लक्षण नदेखिएको अस्पताल स्रोतले जनाएको छ । दिनभरी घरायसी काममा ब्यस्त भएको अवस्थामा राती ज्वरो आएपछि थप परीक्षणका लागी पोखरा पठाइएको थियो । आरडिटी रिर्पोट पोजेटिभ नआएकालाई  पनि पिसिआर जाँच गर्ने गरिन्छ।

Leave a Reply