अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीबाट हालसम्म पोखरा पठाइएको २३ जनाको पिसिआर रिर्पोट नेगेटिभ

On: May 12, 2020 5:32 PM
Follow Us:

म्याग्दीमा हालसम्म र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटमार्फत कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन यता जिल्लाका सबै स्थानीय तह र बेनी अस्पतालमा गरिएको ३ सय ८५ जनाको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो ।

गत चैत्र महिनाको १ गते यता बैदेशिक रोजगारीबाट फर्किएकालाई आरडिटी परीक्षण गरिएको थियो । त्यस्तै कोरोनाको संक्रमणसँग मिल्ने लक्षण देखिएका २३ जनाको प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा पिसिआर जाँच गर्ने पठाइएको स्बाब परीक्षण समेत नेगेटिभ आएसँगै हालसम्म म्याग्दी कोरोनाको जोखिमबाट मुक्त रहेको बेनी अस्पतालले जनाएको छ ।

बेनी नगरपालिकाका एक यूवाको समेत सोमबार साँझ पोखरा पठाइएको स्बाब रिर्पोटमा कोरोनाको लक्षण देखिएको रिर्पोटसँगै सुरक्षीत भएपछि जिल्लामा बाहिरी जिल्लाबाट आउनेको संख्यामा कमी नभएकाले जोखिम भने यथावत रहेकाले उच्च सर्तकता आवश्यक रहेको बेनी अस्पतालका चिकित्सकको भनाई छ ।

तराईका जिल्लाहरुमा धमाधम कोरोना संक्रमित देखिन थालेपछि जिल्लाबाट अस्थायी र स्थायी रुपमै तराईका जिल्लामा गएकाहरु सुरक्षित हुन आउने जोखिमलाई मध्यनजर गरी सतर्कता अपनाउनुपर्ने देखिएपछि नाकाहरूमा पछिल्लो समय पर्वतबाट आएको भन्दै जिल्लामा प्रवेश गर्ने गरेको गुनासो आउन थालेको छ ।

२०७७/०१/३० सम्ममा म्याग्दीमा RDT को रिपोर्ट
बेनीमा ८२ जना
मालिकामा ३२ जना
धाैलागिरी १२३जना
मंगला ६५ जना
अन्नपुर्ण १९ जना
रघुगंङ्गा ६४ जना
गरी ३८५ जना सबैकाे नतिजा नेगेटिभ ।
२०७७/०१/२९ सम्म PCR काे लागि २३ जनाको PCR(Swab Test)काे नमुना पोखरा पठाइएकोमा २३ नै नेगेटिभ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।