---Advertisement---

अब म्याग्दीबाट काठमाण्डौ जान गृह मन्त्रालयको अनुमित पेश गर्नुपने

On: May 12, 2020 8:04 PM
Follow Us:

म्याग्दीबाट काठमाण्डौ जानेले गृहमन्त्रालयबाट अनिवार्य लिखित पत्र ल्याउनुपर्ने भएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले अत्यावसेक आवश्यकता भएकालाई लकडाउनको समयमा जारी गरेको सवारी साधन सञ्चालनको पासले काठमाण्डौमा कोरोनाको जोखिम बढाएको भन्दै गृह मन्त्रालयबाट जारी निर्देशनमा अनिवार्य अनुमित लिएर मात्रै जिल्लाबाट काठमाण्डौ जान पाइने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

‘काठमाण्डौ जानेले गृहमन्त्रालयबाट अनुमति लिनुपर्छ,‘बुधबारदेखि पास वितरणमा कडाई हुन्छ’ प्रजिअ ढकालले भन्नुभयो ।  उहाँका अनुसार एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । म्याग्दीबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङ लगायत देशका विभिन्न जिल्लामा जान त्यहाँको प्रमुख जिल्ला अधिकारी वा तोकिएको कर्मचारीको पत्र आवश्यक पर्ने प्रजिअ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘सवारी पासको अत्याधिक माग बढ्नुका साथै भीडभाड हुन गई लकडाउनको समेत उल्ल्ंघन हुने अवस्थालाई मध्यनजर गरी यो निर्णय कार्यान्वयन हुन्छ’ प्रजिअ ढकालले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयले पास लिन गएकालाई धमाधम फर्काउन थालेको छ । यसैबीच सदरमुकाम बेनीमा अनावश्यक काममा निस्कने, भिडभाडमा बस्ने, तोकिएको बाहेकका पसल खोल्नेलाई समेत प्रहरीले कडाई गरेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।