म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला बाहिरबाट प्रवेश गर्ने ठूला सवारीसाधनका चालकले अब आफ्नो सिटबाट ओर्लिन नपाउने भएका छन् । अति आवश्यकीय वस्तुुहरू ढुवानीका लागी प्रयोग भएका सवारीसाधनका चालकहरूसँगै आएकालाई कालिपुलको पक्की पुल नजिक बनाइएको अस्थायी संरचनामा राखेर चालकलाई आफ्नो सिटबाट बाहिर नआउने गरी बजारमा पठाइने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

खाद्यान्न, तरकारी, फलफुल, पेटोलियम पदार्थ, ग्यास लगायत अत्यावसेक सेवा अन्तरगतका सामान ढुवानी गरी तत्काल फर्किने ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो । ‘चालकलाई राती बास समेत दिइदैन्, चालकसँगै आएकालाई प्रवेशद्धारमै चेकजाँच गरी राखेर चालकसँगै पठाइने छ’ प्रजिअ ढकालले भन्नुभयो ।

उहाँका अनुसार चालकसँगै आएका ढुवानीका सहयोगी समेत बजारभित्र प्रवेश पाउने छैनन् । त्यस्तै एम्बुलेन्स, शववाहन तथा देशका विभिन्न राजमार्ग भएर गुडने सवारी साधनका चालकले ओर्लिन र चढ्न नपाउन गरी कडाई गरिएको छ। हालसम्म संक्रमण नदेखिएको म्याग्दीमा बाहिरी जिल्लाबाट आउने यात्रु र तराईबाट ल्याइने खाद्यान्न लगायतका साम्रागीसँगै आउने चालक, सहचालकबाट संक्रमण फैलिन सक्ने भएकाले उक्त ब्यवस्था गरिएको कोभिड- १९ कमाण्ड पोष्टले जनाएको छ ।

बुधबारदेखि उक्त निर्णय अनुसार जिल्लाका प्रवेश गर्ने सवारीसाधनलाई कडाई गरिने प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । कोभिड–१९ संक्रमति देखिएका जिल्लाबाट समेत सवारीसाधन आउन सक्ने भन्दै ढुवानीकर्तालाई समेत सावधानी अपनाउन निर्देशन दिइएको छ ।

बाहिरी जिल्लाबाट आएका चालकहरू सामान ढुवानी गर्ने समयसम्म ओर्लिएर हिड्दा संक्रणको जोखिमलाई मध्यनजर गरी गरिएको निर्णय अनुसार प्रवेशद्धारमा सुरक्षाकर्मीले कडाई सुरू गरेका छन् । जिल्ला बाहिरबाट आएका साना सवारीसाधनमा यो निर्णय लागु हुने भएकाले अनावश्यक आवतजावत नगर्न समते प्रशासनले अनुरोध गरेको छ ।

Leave a Reply