विश्वमा कोरोनाको प्रकोप देखिएको झण्डै १५ दिन नहुँदै नेपालमा पहिलो कोरोनाको पुष्टि भएको थियो । तत्कालिन अवस्थामा विश्व स्वास्थ्य संगठन लगाएतले सतर्कता अपनाउन सार्वजनीक आव्हान गर्दा हामी कानमा तेल हालेको अवस्थामा रहयौं । पहिलो घटना हाम्रो लागी कुनै सिकाई वन्न सकेन, अन्य ब्यक्तिमा सर्नवाट कसरी वच्यो त्यो भगवान भरोसा वाहेक केही रहेन जस्तो देखिएको छ ।

त्यसको केही समयमा कोरोना महामारी विश्व भ्रमण गरीरहँदा समेत हामी चुपचाप वसेको कुरो छिपेको छैन राज्यवाट आन्तरीक तयारी गर्ने विषय वहसमा मात्र सिमित रहेको जगजाहेर नै छ ।

कोरोना को रिपोर्टिङ्ग गरिरहेको वेवसाइट वल्ड व मिटरका अनुसार नेपालमा पहिलो कोरोना केस पछि दोस्रो केस देखिन झण्डै ६० दिन (मार्च २३, २०२०) लाग्यो भने १० पुग्न दोस्रो केस देखिएको दिनले झण्डै १९(अप्रिल १२) दिन लाग्यो । अप्रिल १७ अर्थात ५ दिनमा तिन गुणाँ वढी (३०) केस र मे १२ अर्थात दोस्रो केस देखिएको करिव ५० दिनमा १९१ कोरोना केस देखिएको छ जसमा ३३ जना उपचार पछी घर फर्केका छन् भने आजको मिति सम्म सरकारी सूचनामा कुनैपनी कोरोना संक्रमितको मृत्यू भएको छैन ।

हामिलाई थाहा छ भन्न जती सजिलो छ त्यतीनै गाह्रो परिस्थिती संग मुकाविला गर्न हुन्छ नै तर त्यसो भनेर ब्यक्ति पछि हट्न सक्ला तर राज्य पछि हट्न मिल्दैन र सक्दैन । तर यस अवधिमा राज्यले गरेका कोरोना महामारी नियन्त्रणका प्रयासहरुको समिक्षा गर्नुपर्ने दिन आएको छ ।

ढिलो गरी, विश्व स्वास्थ्य संगठनको तिव्र दवाव पछि मात्र वन्दावन्दि सुरु गरेको सरकारले त्यती वेला सम्म र हाल सम्म पनी कोरोना नियन्त्रणका ठोस कुनैपनी योजना प्रस्तुत गर्न सकेको छैन, कोरोना महामारी संग जोडीएर विभिन्न भ्रष्टाचारका कुराहरु वाहीर आए । केही खरीद आदिका काम भ्रष्टाचारको समाचार वाहिरीएपछी सरकार पछी हट्यो । भनिन्छ आफ्नो योजना सही छ भने अर्काको भनाइमा लाग्नुपर्ने थिएन आफ्ना योजना अगाडी वढाउन सकिन्थ्यो तर चोरले पहिले नै खुट्टो उचाल्छ भने झै कहिँ केही कलुसित मनसाय थियो र नै राज्य पछी हट्यो भनेर आँकलन गर्न सकिन्छ ।

यसै सन्दर्भमा म्याग्दी जिल्लावारे केही चर्चा गरौं, सरकारको निर्देशन अनुसार चैत्र ११ गतेवाट वन्दावन्दि सुरु गरेको म्याग्दी जिल्ला पहिलो एकमहिना सम्म वास्तवमै कोरोना नियन्त्रणमा सफल देखिएको मान्न सकिन्छ, जिल्लाको संयन्त्र, पाँचवटै गाउँपालिका आक्रामक ढंगले वन्दावन्दिको कार्यान्वयनमा लागे भने त्यसमा समाजिक संघ संस्था र ब्यक्तिहरुको समेत उत्सापुर्ण सहयोग समन्वय रहयो । यहि रुपमा वन्दावन्दि देशभर रहेको भएमा सायद नेपालले आजको अवस्था सम्म आइपुग्नुपर्ने थिएन भने भोलीको भयावहको कल्पना नै नगरे हुने अवस्था रहन्थ्यो भनेर मान्न सकिन्छ ।

सुरुआती दिनहरुमा देखिएको त्यो उत्साह महिना दिन पुग्न लाग्दा नलाग्दै वेकम्मा वन्न थाले, खास गरी विभिन्न संस्था संग जोडीएका अझ भनौ राजनितिक पहुँच वृद्धि गर्न प्रेरित केही ब्यक्तिहरुवाट जिल्ला वाहिर रहेका म्याग्देलीहरु लाई जिल्ला भित्र ल्याउने वहानामा लकडाउनलाई धोती लाइदिने जुन प्रयास भयो त्यस यता जिल्लामा लकडाउन प्रभावहिन वन्न पुगेको तितो कुरा जाहेर गर्दा सम्वन्धित पक्षलाई पिडा हुन सक्छ तर यथार्थ यही हो ।

लकडाउनको समयमा नहुुनुपर्ने केही कमी कमजोरीहरु जिल्लावाट भएका छन् ति हुन :
क) पहुँच स्थापित गर्न जिल्ला वाहिर रहेका म्याग्देलीहरुलाई जिल्लामा भित्राउन गरीएको गलत अभ्यास, जसको कारण आवत जावतमा प्रहरी प्रशासन लगभग असफलनै वन्यो ।
ख) जिल्ला भित्र ल्याइएका ब्यक्तिहरुलाई विभिन्न वहानामा दोहोरो मापदण्ड लगाएर कोहीलाई क्वारेण्टीन (मापदण्ड पुगेको नपुगेको अर्काे वहस हुन सक्छ) मा राख्ने कोही ब्यक्तिगत चिनजान, नालनाता आदिलाई घरघर पठाउने, नेताको नजिक का लाई पठाउने अन्यलाई दवाउने गरीयो, कालो प्लेटमा आएको लाई सिंगलै आएको भएपनी क्वारेण्टीनमा राख्ने रातो प्लेटमा आएका लाई राती वजार छिराउने पनी गरीयो यो अत्यन्तै गलत भयो ।
ग) जिल्लामा भएका संगठित संस्थाका मजदुरहरुलाई विभिन्न अस्त्र प्रयोग गरेर वाहिर पठाइयो (उनिहरुलाई वाहिर ननिकालिकन वस्ने र खाने ब्यवस्था गर्न सकेको भए अहिले ट्रकमा कोचेर ल्याउन पर्ने थिएन) अहिले पुःन ल्याइदै छ यसले जोखिम उच्च वनाएको छ ।
घ) राहत वितरणमा तछाँड मछाड गरीयो, वन्दावन्दि सुरु भएको १५ दिन नहुँदै जहाजै खस्यो जसरी रहत वितरणमा लागीयो र राहतको कुनै मापदण्ड वनाइएन कतिपय तहका वडाहरुमा घरगन्नी चामलका वोरा पु¥याइयो त्यो साँच्चै राहत थियो त? आज वन्दावन्दिको पचासौ दिनमा आइपुग्दा मध्यम वर्गिय परीवार समेत राहत माग्नुपर्ने अवस्थामा आइपुगेको छ र मजदुर वर्ग मागेर नपाइएमा लामोहात गरेरै ज्यान वचाउनुपर्ने अवस्थामा पुगेको महसुस हुनथालेको छ तर यतातर्फ कोही कसैले ध्यान पु¥याएको देखिदैन ।

ङ) खुकुलो वन्दावन्दि र प्रहरी प्रशासनको दोहोरो चरित्र : नेपाली समाजमा चलनचल्तीको एउटा उखान छ यसैत मुसुरी कस्ती त्यसैमा हिंग हालेको, त्यस्तै यसै त खास प्रभावहिन वनेको वन्दावन्दि त्यसमाथी नेपाल सरकारको वैषाख २४ गतेको मन्त्रिपरीषद वैठकको निर्णयले वन्दावन्दि निश्प्रभावी वनाउन झनै महत्वपुर्ण भुमिका खेल्यो । राज्यले नागरीकको आँखामा धुल छयाप्न पुःन अर्काे एउटा निर्णय ग¥यो योजनाका कार्यहरु अगाडी वढाउने, सरकारी कार्यालयहरु खोल्ने वैंक तथा वित्तिय संस्थाहरु खोल्ने, यसवाट वन्दावन्दि अन्तराष्ट्रिय समुदायलाई देखाउने सैध्दान्तिक निर्णय वन्न पुग्यो भने विकास निर्माणका कार्य गर्न अनुमती दिएको हो तर किन गर्न सकेनन् भनेर नागरीकलाई दोष थोपर्न मिल्ने गरी निर्णय गरीयो भने आन्तरीक रुपमा नचाहेरै नागरीकहरुको आवागमन वृद्धि भयो ।
दिउसोमा वेनीमा रहेका चानचुन २० वटा वैंक वित्तिय संस्थामा संहालि नसक्नु भिड हुन्छ प्रहरी प्रशासन मुकदर्शक वनेर वस्छ जव विहान वेलुका हुन्छ चोकमा वसेर स्थानिय वासीलाई त्रसित वनाउछ यो किन भइरहेको छ, पसल वन्द गर भन्दै ढोका हान्दै हिड्ने, सिंगलै कामले हिडेको नागरीकलाई अपराधिलाई झै धरपकड गर्ने यो अमानविय कार्य प्रहरी प्रशासनवाट केही दिन अगाडी देखि भइरहेको छ जुन कुनैपनी अवस्थामा स्विकार्य हुन सक्दैन ।
च) जिम्मेवारी अनुसारको कार्यमा सहभागि हुने भन्दापनी जिम्मेवारीलाई पहुँच मान्ने प्रवृत्ति हावि भएको पाइएको छ, एकजना दुर्वल ब्यक्तिलाई उसको क्षमता भन्दा वढी भारी वोकाउदा उ थचारीन्छ भने सानो उपलब्धी हासिल गरेकालाई ठूलो पगरी गुथाइदियो भने ऊ औकात भन्दा माथी उचालिन्छ त्यो प्रवृत्ति म्याग्दी जिल्लाका सम्वन्धित निकायहरुमा देखियो । आफ्नो हैसियत भन्दा वढी परिचालित भएर नागरीकहरुमाथी दवाव कायम गरेको समेत देखिएको छ यो गलत मात्र होइन निन्दनिय समेत मान्न सकिन्छ ।

के गर्ने त कोरोना वाट वच्न स्थानिय स्तरमा ?
क) स्थानिय योजनाहरु जुन जहाँ जस्तो अवस्थामा छन् सोही अवस्थामा स्थगन गरीगराई वाकि योजनालाई आर्थिक वर्ष २०७७÷०७८ मा वन्ने योजनामा समावेस हुनेगरी नितिगत ब्यवस्था स्थानिय तहवाट गर्ने ।
ख) ठुला योजनाहरु जुन सञ्चालनमा रहेका छन् तिनिहरुलाई सम्वन्धित भुगोलमा लक गराई सञ्चालनमा राख्ने सुरु नभएका योजनाहरु आगामी वर्षमा हुवहु सञ्चालन हुने ब्यवस्था मिलाउने ।
ग) आगामी केही दिनको लागी वन्दावन्दिलाई अत्यन्त मर्यादितरुपमा कार्यान्वयन गराउने, घरवाहीर ननिस्कने ब्यवस्था गर्ने र त्यस समयमा भोकै वस्नुनपरोस भन्ने धारणावाट प्रेरित रही खाध्यान्न उपलब्ध गर्ने गराउने ब्यवस्था लागु गर्ने, राहतका प्रभावकारी प्याकेज लञ्च गर्ने ।
घ) आम सर्वसाधारण देखी उच्च पदस्थ सवैलाई नियमहरुको समान पालनाका लागी प्रेरीत गर्ने, राष्ट्रसेवकहरुले सेवालाई प्राथमिकता दिने राजनितिज्ञहरुले अनावश्यक राजनिति नगरीकन नागरीक हितमा मात्र कार्य गर्ने, सामाजिक संस्था र ब्यक्तिले मैले र हामीले गरेको मात्र ठिक अरु वेठिक भन्ने भावना त्यागेर यो महामारी नियन्त्रणमा सहयोगी वन्ने गरेमा सम्भव छ । हामि सवै लागौ ।

हरिप्रसाद पौडेल/सदस्य, राष्ट्रिय मानव अधिकार आयोग, कोभिड–१९ सम्वन्धि जिल्ला स्तरीय अनुगमन समिति म्याग्दी

Leave a Reply