म्याग्दीको सदरमुकाम बेनीबजारको खुल्लामञ्च नजिक प्रयोगविहिन अवस्थामा रहेको शैक्षिक तालिम केन्द्रमा २० बेड क्षमताको कोरोना विषेश आइसोलेसन कक्ष तयार गरिएको छ । कोरोना संक्रमण रोकथाम पूर्वतयारीस्वरूप जिल्ला विपद् ब्यवस्थापन समिति, ६ वटै स्थानीय तह र बेनी अस्पतालको आर्थिक ब्यवस्थापनमा हाल १५ बेड तयार गरिएको छ भने थप आवश्यकता अनुसार नजिकै रहेको अर्को भवनमा ५ बेडलाई जडान गरिने छ ।

कोरोना भाइरसको लक्षण मिल्ने र पोजेटिभ देखिएका बिरामीलाई आवश्यक पर्ने चिकित्सक सहित १० जना स्वास्थ्यकर्मी, अन्य सेवासुविधाहरू समेत तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।आइसोलेसन कक्षमा आवश्यक पर्ने उपकरणहरू, जनशक्ती तथा विशेष किसिमको पूर्वाधार समेत प्रयाप्त रहेको प्रजिअ ढकालको भनाई छ ।

३२ लाखको लागतमा तयार गरिएको कक्षमा बेनी नगरपालिकाले १० बेडको बजेट ब्यवस्थापन गरेको छ भने जिल्लाका पाँच गाउँपालिका, विपद् ब्यवस्थापन र बेनी अस्पतालले थप १० बेड, बेनी अस्पतालले चिकित्सक सहित स्वास्थ्यकर्मी खटाएको अस्पताल प्रमुख डा.अमृत अधिकारीको भनाई छ । आइसोलेसन कक्षमा आवश्यक पर्ने जनशक्तीको कुनै कमी नहुने बताए ।

कक्षको आवश्यक तयारीमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले सरसफाई सहित आवश्यक सहयोग गरेको थियो। जिल्लाका स्थानीय तहमा कुनै व्यक्तिमा संक्रमण भएको वा मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा चिकित्सकको निगरानीमा आइसोलेसनमा राखि छुट्टै उपचार गरिने छ । कोरोनाको संक्रमण फैलिएको जिल्लाबाट आएकालाई जिल्लामा प्रवेशमा कडाई गरिएको छ ।

Leave a Reply