जैविक विविधता र प्राकृतिक सुन्दरताको अनुपम स्थल दुरुलेक पश्चिम म्याग्दीमा पर्छ । मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका–५ सीपको सीमानामा पर्ने दुरुलेक प्रकृतिको अनुपम सौन्दर्यको खजाना हो दुरुलेक। दुरुलेकमा पर्यटकीय सम्भावना रहेपनि पूर्वाधारको अभाव झेल्न बाध्य छ ।

समुद्री सतहदेखि ३ हजार ५ सय मिटरको उचाइमा रहेको दुरुलेकसम्म पुग्न रुमसम्म सवारी साधन र त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । तर त्यहाँ बस्नका लागि भौतिक पूर्वाधार नहुँदा प्रकृतिकै भर पर्नुपर्ने बाध्यता छ । प्रचार प्रसार नहुँदा दुरुलेकमा प्रकृतिको आनन्द लिनबाट धेरै मानिसहरु वञ्चित भएको लकडाउनमा त्यहाँ पुगेर फकिएका नविन जुग्जालीले बताउँछन् । दुरुलेकमा आन्तरिक तथा बाह्रय पर्यटकको प्रर्वद्वन गर्नको लागि पर्यटक लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोडदिन आवश्यक रहेको जग्जाली बताउँछन् ।दुरुलेक प्राकृतिक सुन्दरताले मात्र होइन जैविक विविधताले पनि युक्त छ । यहाँ बहुमूल्य जडिबुटीको भण्डारनै रहेको रुमका दलबहादुर बूढा बताउँछन् । यहाँ बोधो, निरमसी, कटुकी, हर्रोदेखि लिएर पाँचऔले, सतुवा र यार्सागुम्बासमेत पाइन्छ । बूढाका अनुसार, पहिले सुनसानजस्तै रहने दुरुलेकमा अहिले बागलुङतिरबाट धेरै मानिसहरु आउने गरेका छन् । बागलुङ र म्याग्दीको सीमानामा पर्ने भएपनि दुरुलेकको मुख्य भाग म्याग्दीमा नै पर्छ । यसबाट म्याग्दीले भन्दा बढि फाइदा बागलुङले लिएको स्थानीयको भनाई छ ।म्याग्दीबाट जानेले रुमका विभिन्न बस्तीहुँदै सजिलैसंग दुरुलेक पुग्न सकिन्छ । तर त्यहाँ बस्न मिल्ने भौतिक संरचनाको अभाव भएको हुँदा त्यस क्षेत्रमा मानिसहरुलाई पुग्दावित्तिकै फर्किने हतारो हुने दरबाङका खड्क छन्त्यालले बताए । तीन दिनको यात्रापछि दरवाङ फर्किएका छन्त्यालले ग्रामिण पदयात्रामा समूह बनाएर जानेलाई दुरुलेक एउटा

अविश्मरणीय गन्तव्य बन्न सक्ने भएकाले स्थानीय सरकारले प्राथमिकतामा राखेर त्यहाँ पुर्वाधार निर्माण गर्नुपर्ने बताए ।
भरपर्दो सडक संजाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा मानिसहरु दुःखका साथ पुग्ने गरेपनि अरु बेला चाहेर पनि पर्यटकहरु पुग्न नसकेको रुमका युवा तुलबहादुर पुनको भनाई छ । पछिल्लो समय मालिका गाउँपालिकाका विभिन्न स्थानबाट बनभोज तथा विद्यार्थीलाई शैक्षिक भ्रमणमा यहाँ लैजाने गरिएको छ ।मह हन्टिङको उत्कृष्ट गन्तव्य
दुरुलेकमा भीर मौरीको मह शिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्छ । जिल्लाकै अति विकटमा रहेको दुरुलेकका पहराहरुमा भीरमौरी रहेका छन् । त्यहाँका भीरहरुमा रुम र बागलुङको ताराखोलाका मह शिकारीहरुले परम्परागत रुपमा मह निकाल्दै आएको रुमका टेकबहादुर विकले बताए । दुरुलेकमा प्रशस्त भीरमौरी पाइन्छन् ।

 

 

 

 

 

Leave a Reply