कोरोना संक्रमणको जोखिम कम गर्न म्याग्दीको प्रवेशद्धारमा खटिएकाको नमुना संकलन गरी आरडिटी परीक्षण गरिने भएको छ । जिल्लाको सदरमुकाम बेनीको कालिपुल र बेनी नगरपालिका–१ रत्नेचौरको चेकपोष्टमा खटिएका सहित बेनी अस्पतालका स्वास्थ्यकर्मी र पत्रकार गरी २० प्रतिशतको नमुना संकलन गरी प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा पिसिआर जाँच गर्ने पठाउने निर्णय भएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिनुभयो ।

कोभिड–१९ कमाण्ड पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतमा बसेको बैठकले क्वारेन्टाइन र बेनीको कोरोना विषेश आइसोलेसन कक्षका लागी प्रत्येक स्थानीय तहले दुई जना स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न समेत अनुरोध समेत गरेको छ ।

कोरोना सम्बन्धि समाचार संकलनका लागि म्याग्दीका पत्रकारहरु अस्पताल सहित विभिन्न स्थानमा गएकाले पत्रकारलाई समेत उच्च सर्तकता अपनाउने अनुरोध सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित स्बाब संकलन गरी पठाइने कोभिड–१९ कमाण्ड पोष्टले जनाएको छ । म्याग्दीमा हालसम्म आरडिटी किटमार्फत गरिएको ३ सय ८५ जनाको परीक्षण र कोरोनाको संक्रमणसँग मिल्ने लक्षण देखिएका २३ जनाको पिसिआर रिर्पोट समेत नेगेटिभ आएकाले हालसम्म म्याग्दी कोरोनाको जोखिमबाट मुक्त रहेको छ ।

Leave a Reply