जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहिबारदेखि जिल्लामा प्रवेश गर्नेलाई थप कडाइ गर्ने भएको छ । जिल्ला बाहिरबाट प्रवेश गर्नु अगाडी सम्बन्धित प्रशासन कार्यालयको अनिवार्य लिखित जानकारी नभएमा नाकाबाटै फिर्ता पठाउने भएको छ । म्याग्दी प्रशासनबाट अनुमति नलिई कुनैपनि जिल्लाबाट जारी गरिएको पासलाई मान्य नहुने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालद्धारा जारी सूचनामा उल्लेख छ ।

बिहिबार अर्थात जेठ १ गतेदेखि लागु हुने गरी जारी गरिएको सन्देशमा म्याग्दीमै समेत खुकुलो भनिएको लकडाउन कडाई गरिने भएको छ । जिल्लाभित्र लकडाउनको पालना गर्ने गरी अति आवश्यक परेमा प्रशासनसँग समन्वय गरी अति आवश्यक परेमा प्रहरी वा प्रशासनको अनुमति लिनुपर्ने प्रजिअ ढकालको भनाई छ । ‘कोरोना प्रभावित जिल्लाबाट आउनेलाई रोक लगाइएको छ,‘अनुमति विनाका कुनैपनि गतिविधि स्वीकार्य हुदैन’ प्रजिअ ढकालले भन्नुभयो । मंगलबार गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएपछि बुधबार सदरमुकाम बेनीमा प्रहरीको सक्रियतामा अनावश्यक बजारमा आवतजावत गर्नेलाई कडाई गरिएको थियो।

एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएको पास खारेज भएसँगै लकडाउनमा कडाई गर्न सहज भएको प्रशासनले जनाएको छ । प्रहरीले बजार क्षेत्रमा नियमित गस्ती बाहेक मोवाईल गस्तीलाई समेत सक्रिय बनाएको छ । अत्यावश्यक सेवाको नाममा हुने गतिविधिलाई समेत प्रहरीले नाकामा निगरानी बढाएको जनाएको छ ।

Leave a Reply