घर फर्किने प्रतीक्षामा रहेका बेनी नगरपालिका–३ भकिम्लीका उदबिर थापा नेपाल-भारतको सिमाना नौतनवामा अलपत्र छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशले नाका बन्द गरेपछि बन्दाबन्दीको समयमा घर फर्किने तयारीमा रहेका थापासँगै भकिम्लीका पाँचजना सीमा क्षेत्रमा अलपत्र परेका हुन् ।

सिमा क्षेत्रमा लामो समयसम्म अलपत्र अवस्थामा रहेका थापाले नेपालमा प्रवेश गरी सरकारले तोकेको समयसम्म क्वारेन्टाइन र घरमा पुगेर समेत होम क्वारेन्टाइनमा बस्न तयार भएपछि अलपत्र परेको गुनासो गरेका छन् ।‘हामीलाई यहाँ धेरै गाहे भएको छ,‘उद्धार गर्ने सरकारको निर्णयको प्रतिक्षामा छौ’ थापाले भने ।

उनका अनुसार सिमा क्षेत्रमा विजोग रहेकाले तत्काल उद्धारमा सहयोग गर्न समेत याचना गरेका छन् । सयौं नेपाली सीमा क्षेत्रमा अलपत्र परेकोमा म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली पाँचजना, मालिका गाउँपालिकाका चारजना र अन्नपूर्ण गाउँपालिकाको १ जना गरी १० जना सिमा क्षेत्रमा छन्।

खाना र बस्नेको सुविधाको अभावले क्वारेन्टाइनमा रहेका नेपाली बिरामी पर्न थालेको समेत गुनासो गरे । सिमा क्षेत्रमा धमाधम संक्रमित भेटिन थालेपछि नेपालमा प्रवेशको सम्भावना कमजोर हुदै गएको भन्दै अलपत्र म्याग्देलीले चिन्ता ब्यक्त गरेका छन् ।

सामुहिक राख्दा संक्रमणको जोखिमले समेत त्रसित छन् । उनीहरुको नियमित स्वास्थ्य परीक्षण समेत गरिएको छैन् । करिब २ बर्षदेखि भारतको विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका म्याग्देलीको पहलमा जिल्लाबाट सम्भव नभएकाले सरकारले सामुहिक प्रवेश गराएमा आवश्यकता अनुसार ब्यवस्थापन गर्न सकिने बताइएको छ ।

Leave a Reply