---Advertisement---

कोरोना आशंकामा बागलुङमा एक जना आइसोलेसनमा भर्ना

By -
On: May 14, 2020 3:41 PM
Follow Us:

बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षिया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि स्वाब संकलन गरि आइसोलेसनमा राखिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिनुभयो ।

डा. पोखरेलले उच्च ज्वरो र खोकी लागेपछि उपचारको लागि गल्कोटबाट बागलुङ आउनुभएको उहाँलाई कोरोना आशंकामा स्वाब संकलन गरि आइसोलेसनमा राखिएको बताउनुभयो । ‘उच्च ज्वरो र खोकी लागेपछि उपचारको लागि अस्पताल आउनुभएको थियो,’ उहाँले भन्नुभयो–‘मुटुको समेत समस्या रहेको र कोरोनाको आशंका लागेर स्वाब संकलन गरि आइसोलेसनमा राखिएको हो ।’उहाँको स्वाब परीक्षणको लागि आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

-