अनेरास्ववियू म्याग्दीले बिहिबार आफ्नो ५५ औ स्थापना दिवस मनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले बेनी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाइको म्याग्दी संयोजक सुवास विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी विगतमा जस्तै औपचारिक कार्यक्रम गर्न नसकिएपनि अस्पतालमा उपचार गराइरहेका ९ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको बताए ।

फलफुल वितरण कार्यक्रममा सहसंयोजक रेशम केसी लगायतको उपस्थिति रहेको थियो । दिवसको अवसरमा विद्यार्थीको हकहितका लागि आवश्यकता अनुसारको योगदान दिन संगठन पछाडी नपर्ने संयोजक विश्वकर्माले बताए । राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको संगठनलाई थप मजबुद बनाउँदै अगाडी बढ्ने समेत बताए ।

Leave a Reply