अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीमा शुक्रबारदेखि लकडाउन थप कडाई गरिँदै

By -
On: May 14, 2020 6:31 PM
Follow Us:
---Advertisement---

जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रबारदेखि जिल्लाभित्रका रूटमा थप कडाई गर्ने भएको छ। गृह मन्त्रालयले जिल्ला भित्र सञ्चनालन हुने सवारीसाधनको पासलाई समेत कडाई गर्न जारी गरेको निर्देशन लगत्तै जिल्लाका विभिन्न ग्रामिण सडकमा निगरानी तथा बजार प्रवेशमा समेत थप कडाई गर्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो । ‘अन्तरजिल्ला पास खारेज भएपछि आवतजावत निकै कम भएको छ,‘हामीले अत्यावसेक बाहेक पास दिएका छैनौ’ प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार जिल्लाभित्रका रुटमा सञ्चालन हुने गरी जारी गरेको पास समेत शनिबारसम्म कायम रहने भएपनि प्रशासनले २४ घण्टे पास मात्रै दिने गरेको छ ।बेनीबजार प्रवेशद्धारमा समेत बिहिबारदेखि कडाई गरिएको छ । गृह मन्त्रालयको निर्णयले बैक तथा वित्तिय संस्था सहित अन्य नियमित सञ्चालित उद्योग तथा ब्यवसायमा कार्यरत कर्मचारीलाई समेत समस्या हुने देखिएको छ । यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु खारेज गरेको अवस्थामा आन्तरिक पास समेत बन्द गरिएको थियो । म्याग्दीमा भित्रिन चाहनेले सम्बन्धि जिल्लाको प्रशासनबाट लिखित जानकारी लिएर मात्रै प्रवेश गराउने गरिएपछि बिहिबार प्रवेश नाकामा हिजोभन्दा निकै कम सवारीसाधन आवतजावत गरेका थिए ।

पछिल्लो समय विभिन्न जिल्लामा देखिएका संक्रमितहरू सवारीसाधन पास लिएर आएकाहरु समेत भएकाले थप कडाई गरिएको प्रशासनले जनाएको छ । यसैबीच गण्डकी प्रदेशको नवलपुरबाट आउने यात्रुलाई कडाई गरिएको छ । यता गण्डकी प्रदेशभित्रका जिल्लाका साथै देशभरबाट आउनेलाई कालिपुलको प्रवेशद्धार नजिक बनाइएको टेन्टमा राखेर आवश्यक स्वास्थ्य चेकजाँच गरिने छ ।

-