बैशाख महिनामा म्याग्दीमा ९ जनामा डेंगुको संक्रमण देखिएको छ । गतबर्ष १२ जनामा देखिएको डेंगु यसबर्ष करिब एक महिनामै ९ जनामा देखिएपछि म्याग्दी उच्च जोखिममा परेको छ । डेंगुबाट बच्नका लागि बेनी नगरपालिकाले अभियान समेत सुरू गरेको छ भने बजार क्षेत्रमा टोलटोलले संक्रणबाट जोगिन विभिन्न उपायहरु अपनाउन थालेको छन्। बजारमा सचेतनामुलक कार्यक्रम सुरु गरिएपनि ग्रामिण क्षेत्रका सर्वसाधारणलाई कसरी जोगिने ? भन्ने जानकारी समेत छैन् ।

जिल्लाको मंगलामा २ र मालिका गाउँपालिकामा १ जनामा देखिएको डेंगु बेनी नगरपालिकामा ६ जनामा देखिएको अवस्थामा रोकथाम र आवश्यकउपायहरु अपनाउँदा अपनाउँदै पनि धेरै मानिसहरु संक्रमणको जोखिममा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालबताए । डेंगुको उच्चजोखिममा रहेको म्याग्दीमा सावधानी अपनाउन के कस्ता कार्यहरु भइरहेका छन् त । बेनी साप्ताहिकका प्रधानसम्पादक हरिकृष्ण गौतमले स्वास्थ्य काार्यालय प्रमुख लम्सालसँग बेनीअनलाइनका हरिकृष्ण गौतमले गरेको कुराकानी ।

डेंगु भनेको के हो?डेंगु भाइरस कति प्रजातिको हुन्छ, म्याग्दीमा कुन प्रजातिको जोखिम छ त ?
यो भाईरसकाचार प्रजातिहरु छन ।DEN-1, DEN-2, DEN-3, DEN-4 यीचार मध्ये जुनले पनि डेंगुरोग लाग्न सक्छ । हाल म्याग्दीमा यही प्रजातिको भाईरस हो भनेर छुटाउन सकिदैन। यसको लागि बिशेष प्रकारको जाँचआवश्यक पर्दछ जुन जाँच म्याग्दीमा उपलब्ध छैन ।
डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि कतिदिन भित्र रोगको लक्षण देखिन्छ, डेंगु सार्ने एडिस नामक लामखुट्टे कसरी पहिचान गर्न सकिन्छ?
सामान्यतय संक्रमित लामखुट्टेले टोकेको ४ देखी १०दिनमा रोगको लक्ष्ण देखिन्छ, तर यो अबधि ३ दिनदेखी शुरुभै १४ दिनसम्म पनि रहेको पाइएको छ। लामखुट्टेले संक्रमति व्यक्तिको रगत चुसेको ८ देखी १२ दिन पछि अरुलाई रोग सार्ने (संक्रामक) हुन्छ । यो लामखुट्टे कालो र सेतो रंगको छिर्केमिर्के हुन्छ । यसको शरीरमा बाघको जस्तो कालो र सेतो रंगको धर्साहरु हुने भएकोले यसलाई अग्रेजीमा Tiger Mosquito पनि भनिन्छ ।

म्याग्दी डेंगुको उच्च जोखिममा पर्ने जिल्ला हो ?
बास्तवमा म्याग्दी जिल्ला किटजन्य रोगको संक्रमणको हिसाबमा कम जोखिममा रहेको जिल्ला थियो तर अहिलेको डेंगु रोगका बिरामीको संख्या हेर्दा कम जोखिम भनेर भन्ने अवस्था रहेन । बैशाख महिना संक्रमण भएका बिरामी संख्याले म्याग्दीलाई उच्च जोखिम ठानेर यसको रोकथाम तथा नियन्त्रणका क्रियाकलापहरु गर्नुपर्छ भन्ने लाग्छ मलाई । यो अवस्थामा हामीले उच्च जोखिममा राखेर ब्यापक कार्यक्रमहरु अगाडी बढाउनुपर्छ ।

डेंगु संक्रमित व्यक्तिहरुमा कस्ता लक्षण देखा पर्छन् ?
डेंगु रोगको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु (१०२।१०३ डिग्री) आउनु नै हो,ज्वरो ५ –७दिन सम्म रहन सक्छ । ज्वरोका साथसाथै असाध्यै टाउको दुख्ने, बाकबाकी लाग्ने,आँखाको गेडी तथा आँखाको पछिल्लो भागदुख्ने, ढाड, जोर्नी तथा मांस पेशी दुख्ने, सबै जीउदुख्ने, पछि पछि गएर शरीरमा राता बिमिराहरु देखा पर्ने र शरीरका विभिन्न अंगहरुबाट रक्तस्राव पनि हुन सक्छ ।

म्याग्दीको ग्रामिण क्षेत्रका सर्वसाधारणलाई डेंगुको बारेमा सामान्यजानकारी समेत छैन्, कसरी सन्देशमुलक कार्यक्रम सञ्चालन गर्नुहुन्छ त ?
बडो महत्वपूर्ण कुरा सोध्नु भो। डेंगुरोगको प्रकोप अचानक बढे पछि कोभिड १९ जिल्ला कमाण्ड पोष्टको बिस्तारित बैठकले जिल्लामा डेंगुरोग नियन्त्रण र रोकथाम क ालागि वडास्तरीय कार्ययोजना निर्माण गरी सो कार्यान्वयनका लागि सबै स्थानीय तहमा अनुरोध गरिसकिएको छ र बेनी नगरपालिकाले कार्ययोजना कार्यान्वयनको काम शुरु गरिपनि सकेको अवस्था छ ।

कार्ययोजनामा हरेक शनिबार र मंगलबार टोलबासीहरु मिलेर डेंगुरोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने, घर बरपर सफागर्ने,पानीजम्ने खाल्डाखुल्डी पुर्ने र पानी जम्न सक्ने भाँडाहरु,बट्टाहरु, टायरहरुको व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

म्याग्दीका लगभग सबै वडामा स्वास्थ्य संस्थाहरु छन र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु मार्फत आवश्यकता अनुसार समुदायमा रोग सम्बन्धी अभिमुखिकरण तथा चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने,विद्यालय खुले पछि विद्यालयमा स्वास्थ्य शिक्षाका कार्यक्रमहरु संचालनगर्ने कार्यहरुले समुदाय स्तरमा जनचेतना अभिबृद्धि हुनेछ भन्ने अपेक्षा गरएिको छ। हाल स्थानीय संचार माध्यामहरु बाट डेंगुरोगको बारेमा सन्देश प्रसारण गर्ने र जिल्लाका जोखिम युक्त स्थान हरुमा माईकिङ गर्ने कार्यहरु हामीले गररिहेका छौ ।

स्वास्थ्य कार्यालयले स्थानीयतह सँग कसरी समन्वय गर्छ त ?
स्वास्थ्य नै सबभन्दा ठुलो धन रहेछ र यो विकासको महत्वपूर्ण एजेण्डा रहेछ भन्ने कुरा अहिले विश्व समुदाय र नेपाललेपनि राम्ररी बुझेको छ र हाम्रो स्थानीयतहहरु स्वास्थ्यको क्षेत्रमाअझ बढी सचेत हुनुहुन्छ भन्ने कुरा कोभिड १९ को सन्दर्भमा उहाँहरुले खेलेको सकारात्मक भूमिकाबाट प्रष्ट भईसकेको छ । डेंगु रोगको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सबै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरु संग एक चरणको छलफल भैसकेको छ र विभिन्न माध्यामहरुबाट स््थानीय तहका प्रमुख ज्युहरु तथा प्रमुख प्रशासकीय अधिकृत ज्युहरुसंग समन्वय भई नै रहेको छ ।

कोभिड १९ जिल्ला कमाण्ड पोष्टको बिस्तारित बैठकले यो रोग रोकथामका लागि बनाएको कार्ययोजना सबै स्थानीय तहमा पुगिसकेको छ र उहाँहरु कार्यान्वयनका लागि तयार हुनुहुन्छ । सबै स्थानीयतह हरुले डेंगुरोग रोकथामका लागि आवश्यक प्राविधिक सहयोगका लागि हामीलाई आमन्त्रण पनिगरिसक्नु भएको छ । नेपालको संविधानले नै स्थानीयतह, प्रदेश तथा संघ बीच समन्वय, सहकार्य र सहअस्तित्वलाई अंगीकार गरेको अवस्थामा हामी र स्थानीय तह बीच समन्वय नहुने कुरै हुदैन ।

कस्ता व्यक्तिमा डेंगु देखिएमा स्वास्थ्यमा जटिलता बढी देखिन सक्छ त?
बिशेष गरेर शिशुहरु र बालबालिकाहरुमा बढी जटिलता देखिन सक्छ । गर्भवती महिलाहरु, अन्यरोग लागेका र दीर्घरोगीहरुमा डेंगु रोग संक्रमण भएमा जटिलता बढी ह्ुन सक्छ ।

यसको छुट्टै औषधी छैन, उपचार पद्धति के छ?
अधिकांश भाईरल रोगहरुको बिशेष उपचार हुदैन । डेंगुरोगको पनिबिशेष औषधी उपचार छैन, लक्षण तथा चिन्हका आधारमा उपचार गरिन्छ जस्तै ज्वरो भएज्वरो कमगर्ने औषधीदिने,दुखाई भएदुखाई कमगर्ने औषधी िदने, रक्तस्राव भएमा रगत दिने, जस्लाई लाक्षणिक उपचार भनिन्छ । बिरामीको अवस्थाका आधारमा अस्पताल भर्ना गरेर अरु सहयोगी उपचार पद्धति अपनाउन सकिन्छ । यो रोगको आफ्नै उपचार पद्धति छैन।

डेंगु संक्रमित बिरामीको पनि कोरोनाको जस्तै ट्राभल हिस्ट्री खोज्नुको कारण के होला?
ट्राभल हिस्ट्री हामीले हाम्रोमा रोगको वितरणको अवस्था पहिचान गर्न खोजिएको हो ताकि डेंग ुरोगको भाईरस बाहिरबाट सारेर आउनु भाहो कि हाम्रै जिल्लामा छ भन्ने कुरा जान्नका लागि सजिलो होस भनेर। बिरामी बाहिरबाट डेंगु रोगको भाईरस सारेर आउनु भएको भए हामी कम जोखिममा छौ यदियहीको व्यक्तिमा यहीबाट नै भाईरस सरेको कारण बिरामी हुनु भएको भएहामी बढी जोखिममा छौ भन्ने कुरा जान्नको लागिपनि ट्राभल हिस्ट्री महत्वपूर्ण हुन्छ । अर्को तिर महामारी रोग विज्ञानले पनि महामारीरोगको अनुसंन्धान र सर्भिलेन्समा ट्राभल हिस्ट्रीलाई महत्वपूर्ण मान्दछ।

विज्ञापन