बागलुङको क्वारेन्टिनमा रहेका १४ जनाको कोरोना परीक्षण रिपोर्ट नगेटिभ आएको छ । उनीहरुलाई कोरोना नभएको पुष्टि भएको छ । पर्सामा कोरोना संक्रमण पुष्टि भएका १४ जना मजदुरलाई गल्कोटबाट लगेका बसका चालक सहित बागलुङ नगरपालिका–१ रामरेखाको क्वारेन्टिनमा रहेका ८ जना, काठेखोला गाउँपालिकाका ५ जना र एक जना सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

रामरेखाको क्वारेन्टिनमा रहेकामा पर्सा मजदुर लगेका बस चालक, भैरहवाको सुनौलीदेखि बागलुङ आएको ट्रकका चालक र २ जना सहयोगी, अर्घाखाचीदेखि आएका १ जना मजदुर, सिराहदेखि बागलुङ आएका साल्ट ट्रेनिङ्ग कर्पोरेशन बागलुङका १ जना कर्मचारी र २० दिन अगाडीदेखि क्वारेन्टिनमा बसिरहेका २ जना मुस्लिमको पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

यस्तै काठेखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका भारतमा उपचार गरि आएका १ जना महिला, १ जना पुरुष र पर्सा मजदुर लगेको बसका सहयोगी ३ जनालाई कोरोना नभएको पुष्टि भएको छ । यस्तै १ जना नेपाली सेनाका जवान रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेले जानकारी दिनुभयो । उनलाई ज्वरो आएपछि सेनाले स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो ।

यस्तै धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी ६५ बर्षिया महिलाको नमुना परीक्षणको रिपोर्ट आएको छैन । उनको रिपोर्ट भोली सम्म आउने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पोखरेलले जानकारी दिनुभयो ।

Leave a Reply