अष्ट्रेलियाबाटै श्रेष्ठले गरे एक महिनाको भाडा मिनाह

बेनीबजारका एक घरधनीले आफ्नो घरमा बस्ने विद्यार्थी सहित व्यवसाय गर्नेलाई एक महिनाको भाडा मिनाह गरेका छन्। म्याग्दी उद्योग वाणिज्य संघको अनुरोधलाई स्वीकार गदैं बेनी नगरपालिका–७ संगमचोकका मिलन श्रेष्ठले बेनीबजारको न्यूरोडमा सञ्चालिक कम्प्यूटर सेन्टर, टेलरिङ, फेन्सी, गोदाम, जिम हलका साथै कक्षा १२ मा पढ्ने विद्यार्थीको करिव ८० हजार भाडा समेत मिनाहको घोषणा गरेका हुन् । हाल पारिवारिक भेटघाटको सिलसिलामाअष्ट्रेलिया मा रहेका श्रेष्ठले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले व्यवसायमा समेत प्रभाव पारेको भन्दै केही भएपनि राहातको लागि भाडा सहुलियत छुटको व्यवस्था गरेको बताए ।

‘यो समयमा आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्छ,‘घरधनीको साथ भाडावालालाई पनि हुनुपर्छ’ श्रेष्ठले भने । म्याग्दीका निजी क्षेत्रको संस्था म्याग्दी उद्योग वाणिज्य संघले मानवीय सहकार्यको नमुना प्रस्तुत गर्न भाडवाला ब्यवसायीलाई छुट दिन अपिल जारी गरेपछि बजार क्षेत्रमा धमाधम भाडा मिनाह सुरु भएको छ ।

Previous articleनिस्कोट गाउँ…
Next articleबागलुङ बजारमा रहेका बैंकहरु खोल्ने समय तालिका सार्वजनिक
जेनिशा पुरी
जेनिशा पुरी बेनीअनलाइन संवाददाता हुन