बागलुङ बजारमा रहेका बित्तीय संस्थाहरु अब समय तालिका अनुसार सञ्चालन हुने भएका छन् । बिहिबार बागलुङ नगरपालिका र बैंकर्स एशोसियसन बागलुङ विचको समन्वयातमक बैठकले समय तालिका अनुसार खोल्ने निर्णय गरेका हुन् ।

देश लकडाउनमा गुज्रिरहेको अवस्थामा बजारमा रहेका २८ ओटा बैंकहरु एकैसाथ संचालन हुँदा भिडभाड साथै संक्रमणको जोखिम बढी भएको भन्दै समय तालिका अनुसार सेवा प्रवाह गर्न अनुरोध गरिएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डापाणी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ३ ओटा बैंकलाई तीन दिन र अरुलाई २ दिन खोल्न समय तालिका निर्धारण गरिएको छ ।

बजारमा सबै बैंकहरु एकै साथ खुल्ला हुँदा बजारमा भिड बढिरहेको थियो । लकडाउनको समयमा बजारमा भिड बढेपछि कोरोनाको जोखिम बढेको भन्दै स्थानियस्तरदेखि चर्को विरोध भएपछि नगरपालिका र बैंकर्स एशोसियनले संयुक्त बैठक बसि उक्त निर्णय गरेका हुन् ।

समय तालिका अनुसार आईतबार र बुधबार बैंक अफ काठमाडौं लिमिटेड, सेञ्चुरी कर्मेशियल बैंक लिमिटेड, सिटिजन बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, गण्डकी विकास बैंक लिमिटेड, गरिमा विकास बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेडले सेवा प्रवाह गर्नेछन् ।
यस्तै सोमबार र बिहिबार कामना सेवा विकास बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, माछापुच्छ्रे विकास बैंक लिमिटेड, नविल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कर्मश बैंक लिमिटेड खुल्ने छन् ।

मंगलबार र शुक्रबार एनआईसी एसिया बैंक लिमिटेड, एनएमवि बैंक लिमिटेड, प्राईम कमर्शियल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल एसविआई बैंक लिमिटेड र सिदार्थ बैंक लिमिटेडले सेवा प्रवाह गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
यस्तै आईबार, मंगलबार र बिहिबार प्रभु बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंक लिमिटेड खोल्नेछन् ।
बैंकहरुले विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा प्रवाह गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । यस्तै बागलुङ जिल्लाभर रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई हप्तामा २ दिन संचालन गर्ने गरि समय तालिका उपलब्ध गराउन नगरपालिकाले जिल्ला सहकारी संघ बागलुङलाई अनुरोध गरेको छ ।

Leave a Reply