बिहीबार साँझ खेतमा काम गरिरहेको अवस्थामा जलजला गाउँपालिका–८ फर्सेका ५६ बर्षीय गोविन्द बहादुर केसीलाई एक्कासी चितुवाले आक्रमण गर्यो । लकडाउनको समयमा सुनसान जस्तै रहेको अवस्थामा खेतमा काम गरिरहेको अवस्थामा एक्कासी चितुवाले आक्रमण गरेपछि घाईते भए ।

केसीले चितुवालाई प्रतिकार गरिरहेको अवस्थामा बचाउन पुगेका ३४ बर्षीय कृष्ण परियार समेत समान्य घाईते भए चितुवाको थप आक्रमणबाट जोगिन केसीले घाटी थिचे । केही बेर चितुवा र केसीको लडाई जस्तै भयो । चितुवाले थप आक्रमण गर्न खोजेपछि घाँटी थिचिदिए,‘एक्कासी आक्रमण गर्दा अलमलमा परेको थिए’केसीले भने । उनले आक्रमणको प्रतिवाद गरेपछि चितुवाले थप क्षती पुर्याउन नपाएको केसीको भनाई छ । चितुवाको आक्रमणबाट केसीको घाँटी र हातमा चोट लागेको छ ।

आक्रमण गरेपछि चितुवा समेत मरेको छ । मृत चितुवालाई शव डिभिजन वन कार्यालय कालिगण्डकी फर्सेमा बुझाईएको छ । केसी र परियारले उपचार पछि घर फर्किएका छन् । लकडाउनको समयमा राजमार्ग आसपासका क्षेत्रमा सुनासान हुने भएकाले दिउँसो र साँझपख नै चितुवा देखिने गरेको छ । बेनी–मालढुंगा सडकखण्डमा चितुवाले विगतमा समेत सवारीसाधनमा आवतजावत गर्नेलाई आक्रमणको प्रयास गर्ने गरेको थियो ।

Leave a Reply