आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार नेपालमा भन्दा विदेशमा धेरै हुन्छ। धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको छ । जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गदैं एक ब्यक्तिले हरेक जन्मदिनमा समस्यामा परेकालाई सहयोग गदैं आइरहेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवती घर भएका मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले शुक्रबार परेको जन्मदिनको अवसरमा करेन्टले दुवै हात गुमाएकी अन्नपूर्ण–५ पाउद्धारकी कृसिखा विक, मंगला–२ बावियाचौरका खिमबहादुर पुन र दुबै मृगौला खरावीका कारण उपचारबाट बन्चित बेनी नगरपालिका–७, मुस्लिम सुकुम्बासीमा बस्ने जमिल बेगमलाई प्रतिब्यक्ति ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । ‘जन्मदिनमा हरेक बर्ष केही रचनात्मक काम गर्ने प्रयास गर्छु,‘जटिल रोग र दुघर्टनामा परेकालाई सहयोग गरेर जन्मदिन मनाए’ शर्माले भने । अबोध बालिका, काम गदैं गरेको अवस्थामा करेन्टले घाईते भएका र मृगौला रोगको उपचार गर्न नसकेर जडिबुटी खाइरहेकी महिलाको उपचारमा सानो सहयोग गरेको शर्माको भनाई छ । ‘जन्मदिनका कुनै नयाँ योजना छैन,‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ पौडेलले थपे ।

मोना कतारका अध्यक्ष सहित कतारमा विभिन्न आधादर्जन नेपाली संघसंस्थामा समेत कार्यरत पौडेलले मोनामार्फत जिल्लामा विभिन्न कार्यक्रमहरुमा समेत सहयोग गरेका छन् । जन्मदिनको अवसरमा मानवीय तथा सामाजिक कार्यलाई भविस्यमा समेत निरन्तर सहयोग गर्ने बताउनुभयो । तीनजनै पीडितका बारेमा यस अगाडी बेनीअनलाइनले निरन्तर समाचार प्रकाशित गरेको थियो ।

Leave a Reply