कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै म्याग्दीबाट शुक्रबार १० जनाको स्वाब पिसिआर जाँच गर्ने पोखरा लगिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीको कालिपुल र बेनपा–१ रत्नचौरमा खटिएका ६ जना सुरक्षाकर्मी सहित तराईबाट आएका ४ जनाको स्वाब कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि पोखरास्थित प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा पठाइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

उहाँले कोभिड–१९ कमाण्ड पोष्टको निर्णय अनुसार नाकमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीको स्बाब संकलन गरी परीक्षण गरिने बताउनुभयो ।

शुक्रबार पठाइएको स्बाबमा नवरपरासीबाट मंगला गाउँपालिकामा आएका २ र उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको जलविद्युत आयोजनामा काम गर्न विरगञ्ज तथा आसपासका क्षेत्रबाट आएका दुई जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

यता बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पताल भित्र फ्रन्ट लाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीको समेत स्बाब पठाइने तयारी भइरहेको बताउनुभयो ।

कमाण्ड पोष्टले सिमामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित पत्रकारको समेत गरी १० प्रतिशतको स्बाब संकलन गरी पठाउने निर्णय अनुसार शुक्रबारबाट संकलन सुरु गरिएको हो ।

जिल्लाबाट हालसम्म आरडिटी किटमार्फत कोरोना परीक्षण गरिएकामा ३ सय ८५ जना र प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा पिसिआर जाँच गरिएको २३ जनाको समेत रिर्पोट नेगेटिभ आएको छ ।

Leave a Reply