दुवै मृगौलामा समस्या देखिएपछि धवलागिरी गाउँपालिका–४,मुदीका २१ बर्षिय छगेन्द्र हमाल हप्तामा २ पटक अञ्चल अस्पताल बागलुङबाट डायलासिस सेवा लिइरहेका छन् । लकडाउनको समयमा बेनीबाट हप्तामा दुईपटक सवारीसाधनको प्रयोग गरी बागलुङ पुग्न हमाललाई निकै समस्या भइरहेको छ ।

नियमित डायलासिस गराउनुपर्ने अवस्थामा लकडाउनले समस्या थपिदिएपछि चिन्तित हमालको समस्यालाई बेनी नगरपालिका–६, मा सक्रिय अर्थुङे सामुदायिक यूवा क्लवले साथ दिएको छ । क्लवका अध्यक्ष नारायण पौडेलले लकडाउन अवधिभर आफ्नो मोटरसाईकलमा बागलुङसम्म लैजाने ल्याउने गरेपछि धेरै राहत भएको पीडित हमालले बताए । ‘लकडाउनमा सवारीसाधन नै मंहगो छ,‘आवतजावतमै समस्या हुन्छ’ हमालले भने ।

लकडाउनको समयमा सवारीसाधनको जिम्मा लिएर अस्पतालसम्म पुर्याएर बेनीसम्म ल्याउन आफुँ नै खटिएको अध्यक्ष पौडेलले बताए । ‘मानवीय सेवाभन्दा ठूलो केही छैन्,‘लकडाउनमा क्लवमार्फत धेरै रचनात्मक काम गरेका छौ’ अध्यक्ष पौडेलले भने । उनले मृगौला पीडित हमाललाई आफुँले हरेक हप्ता बागलुङ अस्पतालमा पुर्याएर बेनी कोठासम्म ल्याउने बताए । उनले पीडितलाई आर्थिक समस्या समेत रहेपनि लकडाउनका कारण सहयोग जुटाउन सहज नभएको बताए । मुदीका दुवै मृगौलाले काम नगरेपछि समेरु अस्पताल ललितपुरमा डाईलासिस गरिएपनि कोठा भाडा सहित उपचारमा समस्या भएपछि पोखरा हुदै धवलागिरी अञ्चल अस्पतालमा डायलासिस गराइरहेका छन् । कोरोना भाइरसका कारण लकडाउनले बेनी अस्पतालमा जडान गरिएको डायलासिस सेवा सञ्चालन हुन सकेको छैन् ।

Leave a Reply