कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै म्याग्दीबाट पोखरा पठाएको १० जनाको स्वाब पीसीआर परीक्षणको रिर्पाट नेगेटिभ आएको छ । सदरमुकाम बेनीको कालिपुल र बेनपा–१ रत्नचौरमा खटिएका ६ जना सुरक्षाकर्मी सहित तराईबाट आएका ४ जनाको स्वाब कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि पोखरास्थित प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा पठाइएको थियो ।

‘थप स्वाब संकलन गरिने छ,‘जोखिम क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको समेत स्बाब पठाइने छ’ कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले भन्नुभयो । कोभिड–१९ कमाण्ड पोष्टले नाकमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीको स्बाब संकलन गरी परीक्षणका लागि नियमित पठाउने भएको छ ।

अस्पताल भित्र फ्रन्ट लाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी सहित संक्रमणको जोखिम देखिएमा क्रियाशिल पत्रकारहरुमध्येबाट ४ जनाको समेत पठाउने निर्णय भएको थियो । शुक्रबार पठाइएको स्बाबमा नवरपरासीबाट मंगला गाउँपालिकामा आएका २ र उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको जलविद्युत आयोजनामा काम गर्न विरगञ्ज तथा आसपासका क्षेत्रबाट आएका थिए ।

जिल्लाबाट यसअगाडी आरडिटी किटमार्फत कोरोना परीक्षण गरिएकामा ३ सय ८८ जना र प्रादेशिक जनस्वाथ्य प्रयोगशाला पोखरामा पिसिआर जाँच गरिएको २३ जनाको समेत रिर्पोट नेगेटिभ आएको छ ।

Leave a Reply