मुस्ताङबाट सुत्केरी लिन म्याग्दीको सदरमुकाम बेनीतर्फ आउँदै गरेको एम्बुलेन्स कालिगण्डकी नदीमा खसेर बेपत्ता भएको छ । रघुगंगा गाउँपालिका–२ रिठेबोटमा दुर्घटना भएको एम्बुलेन्सको अगाडीको सिसा बाहेक एम्बुलेन्स सहित चालक फेला परेका छैनन् ।

आइतबार दिउँसो १ः३० बजे रघुगंगा–१ तिप्ल्याङमा रहेको अस्थायी प्रहरी चौकीमा ग १ झ ३०११ नम्बरको एम्बुलेन्स चालक सुजन विकले सुत्केरी महिला, शिशु र एकजना आफन्तलाई ल्याउन जाने भन्दै हिडेको करिब २० मिनेटमा एम्बुलेन्स दुर्घटनाको खवर आएको थियो । दुर्घटनास्थलको अवस्था हेर्दा तिब्र गतिमा रहेको अनुमान गरिएको छ ।

चालक सहित एम्बुलेन्स नदीमा खसेपछि तिब्र बाहबले बगाएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । ‘चालकको अवस्था अज्ञात छ, एम्बुलेन्सको अगाडीको सिसाको टुक्रा फेला परेको छ,’ प्रनाउ कुँवरले भने । नदीको बहाव तीव्र हुँदा खोजीमा समस्या भइरहेको छ ।चालक र एम्बुलेन्स दुबै नदीले बगाएको हुनसक्ने भन्दै दुर्घटनास्थलबाट तलसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । बेपत्ता चालक मुस्ताङको छन् । थासाङ गाउँपालिका–४ निवासी हुन् । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरी–तिप्ल्याङ आसपासमा हरेक बर्ष दुर्घटना हुने गरेको छ । भिरालो र नदीमा पानीको बाहबले खोजीकार्यमा समेत समस्या हुने गरेको छ ।

Leave a Reply