म्याग्दीको बेनी नगरपालिका-९ बतासेमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो करिब १ बजे रमेश भण्डारी दुई तले कच्ची घरमा एक्कासी आगोलागी हुँदा जलेर पूर्णरुपमा क्षति थियो । आगोलागी नियन्त्रण गर्न श्रीबक्स गुल्ममा कार्यरत नेपाली सेना सहित स्थानीय र प्रहरी परिचालन गरिएको थियो ।

आगोलागीले घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो । आगोलागीको खवर लगत्तै प्रहरी सहायक निरिक्षक गोभर्दन दुराको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । आगो निभाउने र घरभित्रका सामग्री निकाल्न नेपाली सेनाका जवानले जोखिम मोलेर प्रवेश गरेको श्रीबक्स गुल्मका मेजर सुरेज देवकोटाको भनाई छ । आगोलागीबाट घरभित्र रहेका फर्निचर, खानेपानी पाईप, पराल लगायत सबै सामग्री जलेर नष्ट भएपनि मानवीय र पशुचौपायालाई क्षती पुगेको छैन् । आगलागीको कारण खुल्न सकेको छैन् । तस्वीर सौजन्य नेपाली सेना श्रीबक्स गुल्म

Leave a Reply