स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीको दुईवटा स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पतालमा स्तरोन्नती गर्ने भएको छ। मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–१ दोवा स्वास्थ्य चौकी र रघुगंगा गाउँपालिका–१ बेगखोला स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्ने निर्णय हो ।

गतबर्ष मंगला गाउँपालिका–५ अर्मन र धवलागिरी गाउँपालिका–७ ताकमलाई समेत १५ सैयाको अस्पताल बनाउने निर्णय भएर कार्यान्वयन हुन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘यस आवको आधिकारिक सूचना प्राप्त भएको छैन्,‘स्तरोन्नतीले सेवा प्रवाहमा सहज हुन्छ’ प्रमुख लम्सालले भन्नुभयो । गत आवमा घोषित अर्मन स्वास्थ्य चौकीमा मंगला गाउँपालिका र ताकम स्वास्थ्य चौकीमा धवलागिरीका साथै छिमेकी मालिक गाउँपालिका–५ देविस्थानका बासिन्दाले समेत सेवा लिन सक्नेछन् ।

दुवै स्वास्थ्य चौकी भौतिक संरचना अस्पताल सञ्चालनका लागि उपयुक्त मानिएपनि निर्णय कार्यान्वयन सुस्त हुदाँ समस्या भइरहेको छ । छनोट भएका सम्बन्धित वडाबासीले निर्णय अनुसार पूर्वाधार सहित अस्पताल सञ्चालन गर्न अनुरोध गरेका छन् । १५ सैयाको अस्पतलामा प्रसूति सेवा सहित चिकित्सकको दरबन्दी समेत कायम गरिएको छ ।

Leave a Reply