बेनी नगरपालिका–३ चिनाखेतकी जैकली पुनको पुरानो खरको छानो हटाएर नगरपालिकाले निलो जस्तापाताले घर छाएपछि मख्ख छिन् । एकल महिला पुनसँगै बस्ने दृष्टिविहिन देवरले समेत खरले छाएको झुपडीमा जस्तापाताले छाएपछि दंग छन् ।

घरको छानाको खर कुहिएर नष्ट भएर पानी र घाम भित्रै पस्छ थालेपछि चिन्तित बनेकी मुसुङकी लिलामति श्रीषको पुरानो घरमा जस्तापाताले छाएपछि चिटिक्क परेको छ । पुन र श्रीष एकल महिला हुन् । बषौंदेखि खरको छानामुनि कष्टपूर्ण दैनिकी विताइरहेका भकिम्लीका ६१ घरधुरीमा बेनी नगरपालिकाले पूर्ण अनुदानमा जस्तापाता फेरिएको वडा अध्यक्ष पदमबहादुर पुनले बताए ।

‘जीर्ण घर भत्किन लागेको अवस्थामा थिए,‘जस्तापातासँगै केहीको मर्मत समेत गरियो’ वडा अध्यक्ष पुनले भने । जस्तापाता उपलब्ध गराइएका मध्ये करिव २१ जना एकल महिला रहेको समेत अध्यक्ष पुनको भनाई छ । उनले २० लाख २४ हजार अनुदानमा खरको छाना विस्थापित गरिएको बताए ।

खरको छानो भएको सानो झुपडीमा जुनकुनै बेला पनि आगो सल्केन भन्ने पीर सताइरहने अवस्थामा राहत मिलेको राखुका मोस्ट बहादुर थापाले बताए । ‘आगोलागी हुने चिन्ता हराएको छ,‘नयाँ घर बनाएजस्तै भएको छ’ थापालाई उद्धित गदैं वडा अध्यक्ष पुनले भने ।

भकिम्लीमा खरको छानो विस्थापित गरी जस्तापाता फेरेपछि आइतबार बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवि सुबेदी, प्रबक्त रामकृष्ण बराईली, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत प्राविधिक सहितको टोलीले अनुगमन समेत गरेको छ ।

अनुगमनको क्रममा स्थानीयले खरको छाना हटाएर टिनको छानामुनि ढुक्कसाथ बसेको बताउँदै बल्ल घरमै सरकार आएको महसुस अनुभुति भएको बताएका थिए । खरले छाएको छानोबाट वर्षायाममा पानी चुहिएर समस्या भोग्दै आएका नगरभित्रका ८ वटै वडामा चालू आर्थिक वर्षमा ७० रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिका भित्र करिब १ सय घरधुरीले खरका छाना हटाएर जस्तापाता उपलब्ध गराउने गरी तथ्याङ्क संकलन गरिएकोमा धमाधम जस्तापाताले खरको छाना विस्थापित गरिएको छ । प्रतिब्यक्ति न्यूनतम २० देखि ५५ हजारसम्म अनुदान उपलब्ध गराइएको छ ।

वडामार्फत संकलन गरिएको विवरण अनुसार प्राविधिकले स्थलगत अनुगमन गरी आवश्यक लागत तयार गरेपछि मात्रै जास्तापाता उपलब्ध गराएकाले बास्तविक पीडितले नै राहत पाएको नगरपालिकाले जनाएको छ ।

छिटफुट भएमा अर्को आवमा समेट्ने मेयर श्रेष्ठले बताए । ‘नागरिकको जिउधनको सुरक्षा पहिलो प्राथमिकता हो,‘आगामी बर्ष विपन्नलाई लक्षित गरी अर्को कार्यक्रम ल्याउने छौ’ श्रेष्ठले भने दलित, असहाय, विपन्न समुदायलाई वडास्तरबाट समेत जस्तापाता छाउने कार्यमा सहयोग गरिएको छ ।

जस्तापाता खरीद र ढुवानीमा वडा कार्यालय मार्फत गाउँपालिकाले बजेट प्रदान गरेको छ भने घर छाउने कार्य सम्बन्धि घरधनीले गर्नुपर्ने भएकाले नगरपालिका प्राविधिकले समेत गुणस्तरीय काम गर्ने गरी अनुगमनलाई प्राथमिकता दिएका छन्। तस्वीर सौजन्य बेनी नगर प्रबक्ता रामकृष्ण बराईली फेसबुक

Leave a Reply